नेपालमा थप  ९२७ जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामा थप ४१५ जनामा संक्रमण ,कुन जिल्लामा कति थपिए संक्रमित 

काठमाडौं,भदौ, १२ ।नेपालमा थप  ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनका अनुसार १० हजार २२९ वटा स्वाब परीक्षण हुँदा ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४५६ पुगेको छ ।

 

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ४१५ जनामा कोरोना संक्रमण देखिएकाे छ ।त्यस्तै काठमाडौं जिल्लामा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जना संक्रमित भेटिएका छन् ।

 

  कोरोना संक्रमण निको भई १६९ जना डिस्चार्ज भएका छन् । शुक्रबारसम्म निको हुनेको संख्या २० हजार २४२ जना रहेको छ । 

कुन जिल्लामा कति थपिए संक्रमित 

 मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ४१५ जनामा संक्रमण पुष्टि भएको छ । सबै भन्दा धेरै काठमाडौंमा ३५० जना ,रुपन्देहीका ७२ जना,भक्तपुरमा ५४ मकवानपुरका ५१, मोरङका ४७, सुनसरीका ४१, बाँकेका ३६, चितवनका २६, रौतहटका २१, धनुषाका २०, काभ्रेका १७, धादिङ र कास्कीका १६/१६ जना, झापाका १५, महोत्तरी र सर्लाहीका १३/१३ जना, सिराहाका १२ र ललितपुरमा, नवलपुर, दैलेख र कैलालीका ११/११ जना ,डोटीका ९ जना, सप्तरीका ७, जुम्लाका ६, बारा र तनहुँका ४र४ जना, नुवाकोट र सल्यानका ३/३ जना, संखुवासभा, पाँचथर, सिन्धुली, सिन्धुपाल्चोक, लमजुङ, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी र बर्दियाका २/२ जना तथा इलाम, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, पर्सा, रसुवा, गोरखा, बाग्लुङ, दाङ, कञ्चनपुरका १/१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानाएको छ ।