ललितपुरको पाटन अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

सांकेतिक तस्विर

ललितपुर,भदौ,१३ । ललितपुरको पाटन अस्पतालमा कोरोना संक्रमित थप दुई जना मृत्यु भएको छ ।

आज विहान मृत्यु हुनेमा भक्तपुरकी ६२ वर्षीया महिला र गएराति मृत्यु हुने काठमाडौंकी ५१ वर्षीया महिलाकाे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

भक्तपुरकी महिलाको यही भदौ ८ गतेदेखि पाटन अस्पतालमा उपचार भइरहेकाे थियाे । उनको आज विहान मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएकाे छ। 

 

त्यस्तै गएराति काठमाडौंकी ५१ वर्षीया महिलाको मृत्यु भएकाे थियाे। उनकाे गत साउन ३० गतेदेखि पाटन अस्पतालमा उपचार हुँदै आएको थियो। उनको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।