भारतमा निर्माण हुने कोरोना भाइरस खोपको मूल्य ३ देखि ६ डलरसम्म पर्ने

कोरोना भाइरस महामारीसँग लडिरहेको भारतसँग सन् २०२१ को पहिलो तीन महिना भित्र निश्चित रुपमा अनुमोदित खोप हुने बताइएको छ ।

 

परिमाणको हिसाले पुणे स्थित विश्वको सबैभन्दा ठुलो खोप निर्माता सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई)आफनो पलिहो खेपको खोप वितरण गर्ने स्थितिमा हुने एक प्रतिवदेनले जनाएको छ ।

 

एक वरिष्ठ वालस्ट्रिट रिसर्च र ब्रोकरेज फर्म, बर्नस्टिन रिसर्चले दिएको उक्त प्रतिवदेनमा भारतमा उपलब्ध हुने खोपको मुल्य ३ र ६ डलर पर्ने बताइएको छ ।

 

बर्नस्टिनको प्रतिवेदन अनुसार सरकारका लागि प्रति दोज खरिद मुल्य ३ डलर र उपभोक्ताका लागि प्रति दोज मुल्य ६ डलर पर्ने सम्भावना छ ।

 

प्रतिवेदनमा एसआईआई बाहेक तीन अन्य भारतिय फर्मा कम्पनीहरुले उनीहरु आफै खोप विकसित गर्ने प्रयासमा काम गरिरहेको र तीन कम्पनीहरु पहिलो र दोसो चरणमा रहेको बताएको उल्लेख छ । यी कम्पनी जाइडस, भारत बायोटक र बायोलोजिकल हुन् ।

 

एसआईआई, भारत बायोटक, बायोलोजिकल इ र केही साना कम्पनीलाई मिलाएर भारत हरेक बर्ष विभिन्न खोप करिब २ अर्ब ३० करोड डोज उत्पादन गर्छ ।

 

विश्व स्तरमा एसआईआई एक्लै १ अर्ब ५० करोड डोज खोप उत्पादन गर्न सक्ने सबैभन्दा ठुलो निर्माता हो । विश्व स्तरमा हरेक तीन मध्य दुई बच्चाले एआईआईका तर्फबाट निर्मित एक खोप प्राप्त गर्छ ।

 

एसआईआईले यो अगस्टको सूरुवातमा भारत र निम्न तथा मध्यम आय भएका देश (एलएमआइसी)का लागि कोविड १९ खोपको १० करोड डोजसम्म निर्मात तथा वितरणमा तिब्रता ल्याउन गाबी द भ्याक्सिन अलायन्स र बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनसँग साझेदारी गरेको छ ।

 

बर्नस्टिनको प्रतिवेदन अनुसार विश्वब्यापी रुपमा ४ उम्मेदवार त्यसता छन् जुन यसै बर्ष २०२० को अन्त वा सन् २०२१ को सुरुवातसम्ममा खोप अुनमोदनको निकत छन् ।

 

साझेदारीका माध्यमबाट भारतसँग दुई छन् । पहिलो एजेड र अक्सफोर्डको भाइरल वेक्टर खोप र नोवाव्याक्सको प्रोटि सब युनिट भ्याक्सिन ।

 

यी दुबै उम्मेदवार पहिलो चरण र बाँकी चरणको परीक्षणको डाटा सुरक्षाका सन्दर्भमा र रो प्रतिरोधात्मक क्षमता प्रतिक्रिया प्राप्त गर्नमा खोपको क्षमतालाई लिएर आशाजनक देखिएका छन् ।

 

सिरम इन्स्टिच्युट अफ इन्डिया सन् २०२१ मा ६० करोड डोज र सन् २०२२ मा १ अर्ब डोज आपुर्ति गर्न सक्षम हुने प्रतिवेदनमा उल्लेख छ ।

 

गावी द भ्याक्सिन अलायन्स र निम तथा मध्यम आय बजारका लागि कम्पनीको प्रतिबद्धतालाई ध्यानमा राख्दै भारतमा सन् २०२१ मा यी दोज मध्य ४० देखि ५० करोड डोज उपलब्ध हुनु पर्ने छ । प्रतिवेदन अनुसार सरकारी र निजि बजारबीच खोपको मात्रा ५५ः४५ हुने छ । एजेन्सी,