ललितपुरको पाटन अस्पतालमा कोरोना संक्रमित २९ वर्षीय युवकको मृत्यु

 

सांकेतिक तस्विर

काठमाडौं,भदौ १४ । ललितपुरको पाटन अस्पतालमा उपचार गराइ रहेका २९ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु भएको छ ।

 

उनको गएराति १० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।ललितपुर निवासी ती युवक गत साउन २८ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।

उनमा अन्य रोग थियो कि थिएन भन्ने कुरा जनस्वास्थ्य कार्यालयले ललितपुरले खुलाएको छैन ।