अखिल (क्रान्तिकारी)ले चिकित्सा शिक्षा आयोगको सीएमए, एएनएम, ल्याब टेक्नोलोजी र आर्युवेदलगायत खारेज गर्ने निर्णयको विरोध (विज्ञप्तिसहित)

काठमाडौ, भदौ,१६। नेकपा (क्रान्तिकारी माओवादी)  निकट अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय चिकित्सा शिक्षा आयोगको सीएमए, एएनएम, ल्याब टेक्नोलोजी र आर्युवेदलाइ विना मापदण्ड खारेज गर्ने निर्णयको विरोध गरेएकाे छ। अन्यथा शसक्त संघर्षमा उत्रन बाध्य हुने चेतावनी समेत दिइएकाे छ।   

प्रेस विज्ञप्ति

हाम्रो महान् तथा गौरवशाली संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियान (क्रान्तिकारी) शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका र हुने गरेका सबै प्रकारका विकृति र विसँगतिको अन्त्य एवं गलत निर्णयहरुको खारेजीको निम्ति निरन्तर संघर्षरत रहेको कुरा प्रष्ट गर्दछाैं । हालै राष्ट्रिय चिकित्सा शिक्षा आयोगको (सीटीईभीटी ) मातहत सञ्चालित स्वास्थ्यसँग सम्वन्धित सीएमए, एएनएम, ल्याब टेक्नोलोजी र आर्युवेदलाइ विना मापदण्ड खारेज गर्ने निर्णय प्रति हाम्रो संगठन घोर आपत्ति सहित शसक्त विरोध गर्दछ । साथै चिकित्सा शिक्षा आयोगको उक्त निर्णयलाइ खारेज गर्न नेपाल सरकार समक्ष जोडदार माग समेत गर्दछाैं । स्पष्ट मापदण्ड नबनाइ हचुवाको भरमा यस्ता निर्णय नगर्न समेत चेतावनी दिन चाहान्छाैं ।
यसै गरी पूर्वाञ्चल विश्वविद्यालय मातहतका क्याम्पसहरुमा अध्यनरत नियमति विद्यार्थीहरुको अनलाइन परिक्षाको नाममा विद्यार्थीहरुबाट जर्बजस्त पैसा असुल्नको लागि ताकेता गर्ने षडयन्त्र गरिदैछ । यसमा हाम्रो संगठन अखिल (क्रान्तिकारी) घोर विरोध गर्दछ । पूर्वाञ्चल विश्वविद्यालयले उक्त निर्णय तत्काल खारेज गरी नियमित र व्याकपेपर लगायत सबै विद्यार्थीहरुको एकसाथ परिक्षा गर्ने वातावरण तयार गर्न समेत जोडदार माग गर्दछाैं। विद्यार्थी संगठनको सहभागिता बेगर कलेज सञ्चालकहरुको दबाबमा षडयन्त्रपूर्वक ढंगले गरिएको उक्त निर्णयलाइ अविलम्ब खारेज गरी सम्वन्धित सरोकारवाला पक्षहरुसँग समेत छलफल गरी वर्तमान परिस्थिति कोभिड – १९ को महामारीलाइ समेत मध्यनजर गर्दै आम विद्यार्थीहरुको निम्ति न्यायोचित एवम् समय सापेक्ष निर्णय गरेर अघि बढ्न सम्वन्धित पक्षसँग जोडदार अपिल गर्दछौ। अन्यथा शसक्त संघर्षमा उत्रन बाध्य हुने चेतावनी समेत दिन चाहन्छौं।

क्रान्तिकारी अभिवादन सहित !

 
                                                                                                                                   हरिकृष्ण गजुरेल
                                                                                                                                         अध्यक्ष