काठमाडौंको केन्द्रीय कारागारका तीन कैदीको मृत्यु, एक जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ,भदौ १६ ।काठमाडौँकाे केन्द्रीय कारागारमा उपचारका क्रममा मृत्यु भएकाका तीन कैदीमध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मेगा अस्पतालमा मृत्यु भएका एक ४० वर्षिय कैदीमा कोरोना संक्रमण पुष्टि भएको हो । अन्य दुई जनाको भने उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु भएको छ।
मृतक दुईमध्ये एक जनाको ५ भदौमा भएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको थियो । अर्का मृतकको रिपोर्ट भने आउन बाँकी रहेकाे छ । यस अघि केन्द्रीय कारागारका ५२ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएकाे थियाे ।