सरकारले बढायाे पेट्रोलको मूल्य,प्रति लिटर २ रुपैयाँले बढ्यो

काठमाडौं,भदौ १६ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य बढाएको छ। निगमले पेट्रोलको मूल्यमा प्रति लिटर २ रुपैयाँले वृद्धि गरेको हो ।

 

  पेट्रोलको मूल्य वृद्धिपछि खुद्रा मूल्य प्रति लिटरको १०७ रुपैयाँ पुगेकाे छ ।निगमका अनुसार डिजेल, मट्टितेल, हवाई ईन्धन तथा एल.पि.ग्यासको मूल्य भने यथावत राखिएकाे छ।

 

  विरगंज क्षेत्रमा पेट्रोल प्रति लिटर ३२ रुपैयाँ २६ पैसा र डिजेल प्रति लिटर ३६ रुपैयाँ ७५ पैसाले नेपाल तर्फ सस्तो रहेको निगमले जनाएको छ ।