भारतलाई सीमा क्षेत्रमा उक्साउने क्रियाकलाप बन्द गर्न चीनको चेतावनी

बेइजिङ,भदाै १६। चीनले भारतलाई उक्साउने क्रियाकलाप बन्द गरेर वास्तविक नियन्त्रण रेखा ९एलएसी० उल्लंघन गरिरहेका सैनिक तत्काल फिर्ता बोलाउन चेतावनी दिएको छ ।

 

चीनको सरकारी अखबार ‘ग्लोबल टाइम्स’ का अनुसार चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले मंगलवार ‘प्रेस ब्रिफिङ’ का क्रममा भारतलाई यस्तो चेतावनी दिएकी हुन् ।

 

उनले चीनले कुनै पनि देशको एक इन्च जमिन कब्जा नगरेको पनि दाबी गरिन् । हुआले भनिन्, “चीनले कहिले पनि कसैलाई संघर्षका लागि उक्साएको छैन । न कसै देशको एक इन्च जमिनमा कब्जा गरेको छ । चिनियाँ सैनिकहरुले कहिले पनि लाइन पार गरेका छैनन् ।

 

यसअघि भारतमा रहेको चिनियाँ दूतावासले पनि भारतीय सैनिकहरुले एलएसीमा अलग–अलग स्थानमा अवैध रुपमा सीमा पार गरेको दाबी गरेको थियो । बीबीसी,