आज सुनचाँदीको मूल्यमा गिरावट : कतिमा कारोवार हुँदै छ ?

काठमाडौं ,भदौ १९। नेपाली बजारमा शुक्रवार सुनको मूल्य घटेर  ९६ हजारमा ४०० मा कारोबार भइरहेको छ ।

एकसाता अघि १ लाख ३०० भन्दा माथि पुगेको सुनको मूल्य केही दिनदेखि लगातार घट्दै ९६ हजारमा आइपुगेको हो ।

 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य शुक्रवार प्रतितोला ९६ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ९०० मा कारोबार भइरहेको छ ।

 

त्यस्तै चाँदीको मूल्य भने तोलामा ३५ घटेर प्रतितोला १ हजार ३१० मा कारोबार भइरहेको छ ।

अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा लगातार गिरावट आएकोको कारण नेपाली बजारमा पनि त्यसको प्रभाव परेको सुनचाँदी व्यवसायीहरुले बताएका छन् ।

 

कोरोना महामारीका कारण हाल नेपालमा निषेधाज्ञा लागू भएका कारण सुनचाँदीको कारोबार भने ठप्प रहेको उनीहरु बताउँछन् ।