विद्यालयका प्रिन्सिपलले शुल्क नतिरेको भन्दै अभिभावकको खुट्टा भाँचिने गरि कुटपिट

काठमाडौं,भदाै २०। विनयी त्रिवेणी गाउँपालिका-६ रानीनगरस्थित उज्जवल शिशु इंग्लिस सेकेन्डरी स्कुलका प्रिन्सिपल दीपक कुँवरले आफ्नै विद्यार्थीका अभिभावकलाई शिक्षण शुल्क बापतको बक्यौता रकम नतिरेको भन्दै कुटपिट गरि खुट्टा भाँचिदिएका छन् ।  

 

 प्रिन्सिपलको कुटाइबाट ती अभिभावको खुट्टाको जोर्नीको हड्डी खुस्किएको जिल्ला प्रहरी कार्यालय बर्दघाटले जनाएकाे छ।  

 

कु्टपिटबाट पश्चिम नवलपरासी सुस्ता गाउँपालिका ३ का कृष्णप्रसाद अचार्य घाइते भएका हुन् । आचार्यको दाहिने खुट्टा भाँचिएको छ । कुँवरको विद्यालयमा आचार्यका दुई छोराहरु अध्ययन गर्दर्थे ।

 

साउन २८ गते बक्यौता शुल्क माग गरेपछि आचार्यले कारोना भाइरसको कारण लकडाउन भएको र आफूसँग तत्काल रकम नभएको भनेपछि विवाद भएको थियो ।

 

रकम तत्काल तिर्न नसकने भनेपछि कुँवरले गाली गलौज गर्दै कुटपिट गरेको घाइते आचार्यका छोरा लक्षण आर्चाले बताए। आचार्यको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको छ ।

 

‘हामी दुई जना दाजुभाइ सरको विद्यालयमा नै पढेका हौं । तीन वर्ष अघि एसईई दिने बेलामा अध्ययन गरेको करिब २५ र ३० हजार रकम तिर्न बाँकी रहेछ।

 

घाइते अभिभावकका छोरा लक्ष्मण आर्चायले भने,‘एकै पटक तिर्न नसक्ने र थोरै थोरै गरेर तिर्छौं भन्दा एक्कासी किनमेलका लागि बजार जाँदा बाटोमा नै कुटपिट भयो। 

घटना भएको लामो समय हुँदा समेत गाउँघरको झगडा भन्दै प्रहरी समक्ष उजुरी दिएकाे थिएन् ।  खुट्टाको अप्रेसन गर्नुपरेको र उपचार खर्च पनि धेरै लागेपछि अहिले आचार्य परिवार पीडित बनेको छ ।

 

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व मा घाईते आचार्यका छोरा राम आचार्यले भदौ ९ गते जाहेरी दर्ता गरेका छन् ।  प्रिन्सिपल विरुद्ध मुद्दा दर्ता भएको पछि आरोपितको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दघाटले जनएकाे छ।