नेपालमा थप ९८० जनामा कोरोना संक्रमण पुष्टि, १८ सय १४ जना डिस्चार्ज

काठमाडौं,भदौ,२१ । नेपालमा थप ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनका अनुसार देशभरका प्रयोगशालामा १० हजार ३८२ नमुना परीक्षण गर्दा २९० महिला र ६९० पुरुषमा संक्रमण पुष्टि भएको हो ।

 

त्यस्तै काठमाडौं उपत्यकामा ३५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा २९० जना, ललितपुर र भक्तपुरमा ३२/३२ जनामा संक्तमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ३८२ जनाको पीसीआर परीक्षण गर्दा देशभर ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

 

 कोरोना भाइरस संक्रमण निको भई १८ सय १४ जना डिस्चार्ज भएका छन् । आइतबारसम्म कोरोना संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या २८ हजार ९ सय ४३ जना रहेको छ ।

 

 देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ । संस्थागत आइसोलेसनमा रहेकाको संख्या ९ हजार २०१ रहेको छ । होम आइसोलेसनमा ७ हजार ८२६ जना रहेका छन् ।

 

याे सँगै कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ । उनीहरुमध्ये २८९ जनाको मृत्यु भएको छ भने २८ हजार ९४१ जना कोरोना मुक्त भएका छन् ।

कुन जिल्लामा कति थपिए संक्रमित

 मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ३५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंका २९०, ललितपुर र भक्तपुरमा ३२ / ३२ जना छन् ।

यस्तै सुनसरीका ८६ जना, बाराका ७३, सुर्खेतका ४४, रुपन्देहीका ३५, चितवनका ३०, मोरङका २९, झापाका २८, पर्साका २५, स्याङ्जाका २२, कास्की र कैलालीका २१/२१ जना, पाल्पाका १९, नवलपुरका १२, सप्तरी, अर्घाखाँची र अछामका ११/११ जना, धनुषा, धादिङ र बझाङका १०/१० जना ,रौतहटका ८ जना, दोलखा र तनहुँका ७/७ जना, संखुवासभा, सिराहा, बर्दिया र बाँकेका ६/६ जना, सर्लाही, गोरखा र जुम्लाका ५/५ जना, कपिलवस्तु र प्युठानका ४/४ जना, महोत्तरी, दाङ, बाग्लुङ र कञ्चनपुरका ३/३ जना, सिन्धुली, नवपरासी, लमजुङ, जाजरकोट, दैलेख र डडेलधुराका २/२ जना तथा उदपयुर, ओखलढुंगा, ताप्लेजुङ, भोजपुर, काभ्रे, सिन्धुपाल्चोक र कालीकोटका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।