एउटै गाउँका चार बालबालिका सम्पर्कविहीन
प्रकासित मिति : २१ भाद्र २०७७, आईतवार
प्रकासित समय : २१:३८
काठमाडौं,भदौ २१। माप्य दुधकोशी गाउँपालिका वडा नम्बर २ बासाका चार बालबालिका सम्पर्कविहीन भएका छन्। परिवारका अनुसार शनिबार साँझ ५ बजेदेखि उनीहरु सम्पर्कविहीन भएका छन्।
स्थानीय कृष्णबहादुर राईका छोरा १२ वर्षीय तुषण राई र आठ वर्षीय सुदिप राई, सोही गाउँका आङछिरि राईका सात वर्षीय छोरा फ्रान्सीस राई र साढे दुई वर्षीया छोरी सिजल राई बेपत्ता भएका हुन्।
साँझपख खेल्न भनी घरबाट निस्केका उनीहरु नफर्किएको बासाखाली माध्यामिक विद्यालयका प्रधानाध्यापक कुमारराज श्रेष्ठले जानकारी दिए।
उनका अनुसार शनिबार साँझदेखि नै गाउँलेले खोजी कार्य जारी राखे पनि हालसम्म अवस्था पत्ता लागेको छैन। उनीहरुलाई देख्ने जो कोहीले ९८४४६६०५०८ मा सम्पर्क गरि खबर गरिदिन परिवारले अनुरोध गरिएको छ।रासस