नेकपाकाे विवाद केही समाधान :ओली–प्रचण्डबीच कुरा मिल्यो, नेपालको चित्त अझै बुझेन

काठमाडौं,भदौ २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद समाधान हुने चरणमा पुगेको छ । पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्डबीच सहमतिकै आधारमा सरकार पार्टी सञ्चालन गर्ने सहमति भइसकेको छ ।

 पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले ओली प्रचण्डबीच भएको सहमतिप्रति उनकाे चित्त बुझेको छैन् । विवाद समाधानको लागि गठित कार्यादलले बुझाएको प्रतिवेदनमा उल्लेख गरेका विषयमा स्पष्ट व्याख्या नभएको भन्दै नेपालकाे चित्त नबुझेकाे र  सचिवालयमा नेपालले फरक मत राख्नुभएको छ ।

कार्यदलको प्रतिवेदनमा उल्लेख गरिएको अमूर्त विषयलाई थप स्पष्ट पार्नुपर्ने माग नेता नेपालले राख्नुभएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अध्यक्ष प्रचण्डबीच सरकारको बाँकी कार्यकाल ओलीले नेतृत्व गर्ने र प्रचण्डले कार्यकारी अध्यक्ष सहितको जिम्मेवारी लिए पार्टी सञ्चालन गर्नेमा समझदारी बनेको छ। 

 

सोही समझदारी भएपछि दुई अध्यक्षले जारी विवादको विवाद समाधान गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन भएको थियो ।कार्यदलले बुझाएको सुझाव सहितको प्रतिवेदन सचिवालय बैठकले अनुमोदन गरिसकेको छ ।

 

अब बस्ने स्थायी समिति बैठकमा अध्यक्षद्धय ओली र प्रचण्डले कार्यदलको सुझावलाई समेत समावेश गरेर संयुक्त रुपमा प्रस्ताव पेश गर्नेछ । उक्त प्रस्ताव पारित भएसँग नेकपाको जारी विवाद तत्कालको लागि समाधान हुने देखिएको छ ।तर अर्का नेता नेपाल भने कार्यदलले बुझाएकाे प्रतिबेदनकाे स्ष्पट व्याख्या हुनपर्ने भन्दै फरक मतराख्ने तयारीमा रहेका छन्।