जग्गाको कित्ताकाट तीन वर्षपछि फुकुवा

सांकेतिक तस्विर

काठमाडौं,भदौ २२।  जग्गाको कित्ताकाट सरकारले तीन वर्षदेखि रोकेको थियाे अहिले कृषि योग्य जग्गा खुला गर्ने भएकाे  छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कित्ताकाट खुलाउने निर्णय गरेको हो। भदौ १८ गते मन्त्रिस्तरिय निर्णय गर्दै कित्ता खुलाउने निर्णय गरेकाे हो।

 

भू- उपयोग नियमावली जारी भई भू उपयोग नक्सारडाटा तयार गरी स्थानीय तहलाई हस्तान्तरण भएपछि सो का आधारमा हुने गरी हाल भू -उपयोग ऐन २०७६ र प्रचलित कानुनको परिधिमा रही जग्गा कित्ताकाट सम्बन्धी व्यवस्था खुला गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई निर्देशनसमेत दिएको छ।

 

 तर भूउपयोग ऐनमा जग्गाको कित्ताकाट सम्बन्धी कुनै व्यवस्था नै छैन्। नियमावली पनि बनिसकेको छैन्। भूउपयोग ऐनले जग्गाको ९ किसिमको वर्गीकरण गरेको छ।

 

कित्ताकाट रोक्दा अनियमित कार्य बढेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत कित्ताकाट सम्बन्धि विगतमा भएका गरेका निर्णयमा आवश्यक पुनरावलोकन गरी कित्ता खुला गर्नेतर्फ आवश्यक व्यवस्था गर्न निर्देशन दिएको थियो।  

 

२०७४ असार १६ मा कित्ताकाट रोक्का गर्ने निर्णय भएको थियो। कृषि योग्य जमिन प्लटिङ गरेर खण्डिकरण गर्ने कार्य बढेसँगै कृषियोग्य जमिनको कित्ताकाट रोकिएको थियो।