नेपालमा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि, २,२८७ जना डिस्चार्ज, कुन जिल्लामा कति थपिए संक्रमित 

 काठमाडौं,भदौ २३। नेपालमा थप ९०२  जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनका अनुसार देशभरका प्रयोगशलामा १० हजार ६११ नमुना परीक्षण गर्दा ९०२ जनामा संक्रमण पुष्टि भएको हो ।

 

काठमाडाैं उपत्यकामा ३९६ जनामा संक्रमण देखिएकाे छ। काठमाडाै ३०० जना , ललितपुरमा ३८ जना , भक्तपुरमा ५८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।

 

याे सँगै कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । उनीहरुमध्ये ३०६ जनाको मृत्यु भएको छ भने ३२ हजार ९६४ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २ हजार २८७ जना डिस्चार्ज भएका छन् ।

कुन जिल्लामा कति थपिए संक्रमित 

काठमाडौं उपत्यकाका थप ३९६ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ । काठमाडौंका ३००, भक्तपुरका ५८ र ललितपुरका ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै कैलालीका ७७ जना, मोरङका ५१, सुनसरीका ३८, धनुषाका ३३, कास्कीका ३०, मकवानपुरका २४, रुपन्देहीका २१, चितवनका २०, सप्तरी, गोरखा र सुर्खेतका १८/१८ जना, झापाका १६, पर्साका १४, ओखलढुंगाका १३, बाराका १२, बाग्लुङका १० र कञ्चनपुरका ९ जना ,रौतहट, धादिङ र रामेछापका ८/८ जना, नवलपुर र बर्दियाका ७/७ जना, सर्लाहीका ६, बाँकेका ५, महोत्तरी र सिराहाका ४/४ जना, नुवाकोट, तनहुँ र दाङका ३/३ जना, उदयपुर, काभ्रे, दोलखा र लमजुङका २/२ जना तथा इलाम, सिन्धुपाल्चोक, पर्वत, स्याङ्जा, अर्घाखाँची, कपिलवस्तु, गुल्मी, नवलपरासी, रोल्पा र दैलेखका १/१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।