कञ्चनपुरमा किशोरीलाइ बन्धक बनाएर सामूहिक बलात्कार : घटना लुकाउन प्रहरीकै सक्रियता

कैलाली,भदौ २३ । कञ्चनपुरमा ५ दिनसम्म बन्धक बनाएर १६ बर्षकी किशोरीलाइ सामूहिक बलात्कार गरिएकाे छ।किशोरीले आफूमाथि सामूहिक बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय बेल्डाँडीमा उजुरी दर्ता गराएकी छन्।  

 

जिल्लाको बेल्डाडी गाउँपालिकामा ५ मा मामाको घरमा बस्दै आहेकी किशोरी भदौ १४ गते देखि बेपत्ता भएकी थिइन्।

उनका मामाले भाञ्जी हराएको भन्दै प्रहरीलाई उजुरी दिएका थिए ।किशोरीलाई भदौ १९ गते  आरा मिल नजिक प्रहरीले फेला पारेको थियो ।

 

त्यसपछि प्रहरीले किशोरीलाई मामाको जिम्मा लगाए । तर, घटनाको केही दिनपछि किशोरीले आफूमाथि सामूहिक बलात्कार भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् ।

 

चार जना युवाले बलात्कार गरेको भन्दै ठाडो उजुरी परेको छ’ प्रहरी स्रोतले भन्यो ।५ दिनसम्म लागू औषध खुवाएर बन्धक बनाएर बलात्कार गरेको उजुरीमा किशोरीले उल्लेख गरेकी छन्।

 

प्रहरीकै दबाबमा किशोरीले पहिलो दिन घटनाबारे नबताएको आरोप लागेको छ।किशोरीले आफूलाई प्रहरीले दबाब दिएको भनेकी छन्’ प्रहरी स्रोतले भन्यो ‘आरोपित प्रहरीमाथि समेत कारबाही प्रक्रिया सुरु भइसकेको बताएकाे छ।  बलात्कार गरेको आरोप लागेका ४ जना अहिले फरार रहेकाे प्रहरीले जनाएकाे छ।