विद्यालयको पाठ्यभार घटाउने तयारी

काठमाडौँ, भदौ २४ । कोरोना भाइरस (कोभिड–१९)का कारण अवरोध आएपछि विद्यालय शिक्षाको पाठ्यक्रमको संश्लेषण गर्ने गृहकार्य सुरु गरिएको छ ।

 

वैकल्पिक विधिलाई नै मूलधारको सिकाइ मानेर नयाँ शैक्षिक सत्र प्रारम्भ भएको घोषणा गर्ने सरकारी तयारीसँगै कक्षा १० सम्मको पाठ्यक्रमको संश्लेषण कार्य अगाडि बढाइएको हो । संश्लेषणपछि पाठ्यभार घट्ने छ ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले विद्यालय शिक्षाको पाठ्यक्रमलाई संश्लेषण गर्ने कार्यमा विषयगत समितिमा विज्ञहरूले काम गरिरहेको जानकारी दिनुभयो । भदौभित्र यसको काम पूरा गरी संश्लेषित पाठ्यक्रम विद्यालय र शिक्षकसम्म पु¥याउने योजना छ ।

यस वर्षको शैक्षिक सत्रको झन्डै पाँच महिना बितिसकेकाले यस अवस्थामा पाठ्यक्रमलाई यथावत् रूपमा अघि बढाउन सम्भव छैन ।

 

विषयगत समितिले संश्लेषित पाठ्यक्रम तयार पारेपछि पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले त्यसलाई स्वीकृति दिनेछ । त्यसपछि संश्लेषित पाठ्यक्रम विद्यालयमा पु¥याइनेछ ।

कुन कक्षामा कति प्रतिशत पाठ्यक्रमको भार घटाउने भन्ने नीतिगत निर्णय गरिएको छैन । महानिर्देशक दाहालले विद्यार्थीको न्यूूनतम सिकाइ उपलब्धि सुनिश्चित हुने गरी पाठ्यक्रम संश्लेषण गरिने बताउनुभयो ।

 

माथिल्लो कक्षामा अध्ययन गर्नका लागि चाहिने न्यूूनतम सिकाइ पुग्ने गरी पाठ्यक्रम संश्लेषण गरिनेछ । छोट्याइएको पाठ्यक्रमले निर्देशित गरेभन्दा विद्यार्थीले धेरै सिकाइ उपलब्धि हासिल गर्न सक्ने तर न्यूूनतम उपलब्ध भने सुनिश्चित गरिनुपर्ने छ ।

 

यति भए मात्रै विद्यार्थीलाई माथिल्लो कक्षामा लैजान समस्या नहुने महानिर्देशक दाहाल बताउनुहुन्छ ।
केन्द्रले विद्यालय तहसम्मको अनिवार्य तथा धेरै विद्यार्थी अध्ययन गर्ने विषयको पाठ्यक्रम संश्लेषण गर्ने छ ।

 

केन्द्रमा विद्यालय तहका तीन दर्जनभन्दा बढी विषयगत समिति छन् तर पनि हाल अनिवार्य विषय र धेरै विद्यार्थी अध्ययन गर्ने ऐच्छिक विषयलाई मुख्य प्राथमिकतामा राखेर काम भइरहेको जनाइएको छ ।गोरखापत्र दैनिकमा खबर छ।