आजको मौसम पूर्वानुमान : यी स्थानमा वर्षाको सम्भावना

काठमाडौं,भदौ २४।जल तथा मौसम विज्ञान विभाग ,मौसम पूर्वानुमान महाशाखाकाले एक माैसमी बुलेटिन प्रकाशित गर्दै हाल मनसुनको न्युन चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेकाे जनाएकाे छ।

 

त्यस्तै देशभर सामान्य देखि पुर्ण बदली भइ विभिन्न स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको पनि माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

भाद्र २४ गते (बुधबार)

दिउँसो : देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , प्रदेश २, बाग्मती प्रदेश ,गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

 

राती : देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , प्रदेश २ , बाग्मती प्रदेश ,गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र २५ गते (बिहिबार)

दिउँसो : देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , बाग्मती प्रदेश ,गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

 

राती : देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , प्रदेश २, बाग्मती प्रदेश ,गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र २६ गते (शुक्रबार)

दिउँसो : देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , बाग्मती प्रदेश ,गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

 

राती: देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ ,बाग्मती प्रदेश ,गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  

प्रदेश १ , प्रदेश २, बाग्मती प्रदेश ,गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ति स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।