ललितपुरको अल्का अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

सांकेतिक तस्विर

काठमाडौं,भदौ २४। ललितपुरको अल्का अस्पतालमा उपचार गराइ रहेका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।

उनलाइ हिजाे अल्का अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वास्थ्य जटिल भएकाले भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो।

 

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार काठमाडौंका ६७ वर्षीय पुरुषको भदौ २३ गते साँझ ५ बजे मृत्यु भएको हो।

ती पुरुषलाई सोही दिन मात्र अस्पताल भर्ना गरिएकाे थियाे। उनकाे उपचाररत अवस्था मै मृत्यु भएकाे स्वास्थ्य कार्यालय ललितपुरले जनाएकाे छ।