आज फेरि सुन ,चाँदीको मूल्य बढ्यो ?

काठमाडौं,भदौ २४। आज सुनको मूल्य तोलाको ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९५ हजार ८ सय रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य बुधबार ९६ हजार ४ सय रुपैयाँ कायम गरिएको हो।

 

यस्तै तेजाबी सुनको मूल्य पनि ६ सयले नै बढेर ९५ हजार ९ सय रुपैयाँ कायम भएको छ। चाँदी हिजोभन्दा ५ रुपैयाँ महँगिएको छ । नेपाली बजारमा आज चाँदीको भाउ १३ सय १५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।