उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय : सवारीसाधनमा जोर बिजोर प्रणाली लागु हुने

काठमाडौं ,भदौ,२४ । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरिएकाे छ। गृह मन्त्रालयका अधिकारीहरुसँगको छलफलपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले नयाँ आदेश जारी गरेका हुन् ।

 

  परिस्थितिको मूल्यांकन गरेर निषेधाज्ञालाई खुकुलो बनाइएको प्रमुख जिल्ला अधिकारीहरुले बताएका छन्। अब सर्वसाधारण आफैं पनि सचेत हुनुपर्छ, भाैतिक दूरी कायम गर्ने, गराउने विषय सबैको दायित्व उतिकै रहेकाे उनिहरूले बताएका छन्। 

 

कुनकुन क्षेत्र कसरी खुला गर्ने भन्ने केहीबेरमा सूचना प्रकाशित हुनेछ । स्रोतका अनुसार भोलि भदौ २५ गतेबाट सवारी साधनहरु जोर र विजोर नम्बरका आधारमा सञ्चालन हुनेछन् । निजी सबै र सार्वजनिकको हकमा १६ भन्दाबढी सिट भएका सवारी साधन जोर विजोर प्रणालीमा चल्ने छन्।

 

त्यस्तै शैक्षिक संस्था, फिल्म हल र जिमखाना लगायत यसअघि बन्द गरिएका क्षेत्र नयाँ निर्णय नभइन्जेल बन्द नै रहने छन्। व्यापार व्यवसाय खोल्न दिने शर्तबारे औपचारिक निर्णयमा विस्तृतमा खुलाइने एक अधिकारीले जानकारी दिए ।