किशोरीलाइ भारत तर्फ लग्दै गरेको अवस्थामा ६ युवा पक्राउ

रौतहट,भदौ २५ । नेपालकी किशोरीलाई ललाइफकाई गरि मध्यराती भारततर्फ लगिरहेकाे अवस्थामा ६ जना युवालाई सीमावर्ती क्षेत्रबाट प्रहरीले पक्राउ गरेकाे छ।  

 

प्रहरीचौकी नरकटियाका प्रहरी सहायक निरीक्षक मेरालालप्रसाद गुप्ताको नेतृत्वमा गएको गस्ती टोलीले उनीहरुलाई परोहा नगरपालिका –७ चिरान चोकबाट बुधबार राति १ बजे पक्राउ गरेको जनाएकाे छ। 

 

बिआर ०५ डी ६०३८ र ना६३ प ४७९९ नम्बरको मोटरसाइकलमा एक किशोरीसहित सात जना युवा भारततर्फ गइरहेकाे अवस्थामा शङ्का लागेर उनिहरूलाइ जाँच गर्दा किशाेरीलाइ भरतर्फ लग्दै गरेकाे थाहा पाएपछि उनिहरूलाइ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

पक्राउ पर्नेमा फतुवा विजयपुर नगरपालिका– ५ की यादव थरकी १८ वर्षीया किशोरीसहित मौलापुर नगरपालिका– ८ का २० वर्षीय अनिल पटेल, २० वर्षीय दीपेन्द्र पटेल, वडा नं ५ मौलापुरका १९ वर्षीय अरविन्द ठाकुर, २० वर्षीय धनञ्जय तिवारी, १७ वर्षीय दीपेश यादव र २२ वर्षीय रामबालक पटेल रहेको प्रहरी जनाएकाे छ।  

सातै जना जिल्ला प्रहरी कार्यलयको नियन्त्रणमा रहेको र घटनाबारे थप छानबिन भइरहेको प्रहरी जनाएकाे छ।