नेपालमा थप १४५४ जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामा थप ६९६ जना संक्रमित,कुन जिल्लामा कति थपिए संक्रमित 

 काठमाडौं,भदौ २६ । नेपालमा थप १४५४ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ७०१ नमुना परीक्षण गर्दा १४५४ संक्रमण पुष्टि भएको हो ।

 

याे सँगै कुल संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ । उनीहरुमध्ये ३२२ जनाको मृत्यु भएको छ भने ३६ हजार ६७२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ९७२ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुन जिल्लामा कति थपिए संक्रमित 

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ६९६ जना संक्रमित थपिएका छन् । उनीहरुमध्ये ६२० जना काठमाडौंका छन् भने ललितपुर र भक्तपुरका ३८र३८ जना छन् ।

 

यस्तै रुपन्देही १०२ जना, कैलालीका ६७, मकवानपुरका ५४, मोरङका ४७, सुनसरीका ४४, सिराहाका ४२, नवलपुरका ३८, नवलपरासीका ३५, कपिलवस्तुका २८, सुर्खेतका २६, गुल्मीका २०, बाँकेका १८, झापा र संखुवासभाका १४/१४ जना, प्युठानका १३, पाल्पाका १२, काभ्रे, कास्की र रुकुम पूर्वका ११ जना, तनहुँका ८ र सर्लाहीका ७ जना ,दाङका ५ जना, रौतहट, गोरखा, लमजुङ र डोटीका ६/६ जना, सप्तरी र स्याङ्जाका ४/४ जना, पर्सा, नुवाकोट र रोल्पाका ३/३ जना, धनुषा, बारा, महोत्तरी, सिन्धुपाल्चोक, सिन्धुली, पर्वत र कञ्चनपुरका २/२ जना तथा धादिङ, रामेछाप, बर्दिया र जुम्लाका १/१ जनामा पनि संक्रमण देखिएको छ।

याे सँगै देशभर संक्रिय संक्रमितको संख्या १४ हजार ९२५ भएको छ । उनीहरुमध्ये २५ जनाको भेल्टिलेटर र १७० जनाको आईसीयूमा उपचार भइरहेको छ । ६ हजार ६३४ जना भने होम आइसोलेनसमा रहेको मन्त्रालयले जनाएको छ ।