भक्तपुरमा एकघर भित्र ३ जनाको शव फेला

सांकेतिक तस्विर

काठमाडौं,भदौ,२६ । भक्तपुरकाे मध्यपुर थिमी नगरपालिका– ९ निकोसेराकाे आफ्नै घरमा तीन जना मृत भेटिएका छन्।

मृत भेटिनेमा सुदीप अधिकारी, उनकी पत्नी सुशीला र छोरा सुशान्त मृत अवस्थामा भेटिएका हुन् । प्रहरी स्रोतका अनुसार उनीहरुको कुकुर पनि मृत भेटिएको जनाएका छन्।

घटनाबारे जानकारी पाएपछि भक्तपुरका एसपी तारादेवी थापा र महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापा घटनास्थलमा पुगेका छन् ।

 

 घटनाको विषयमा विस्तृत जानकारी आइनसकेको भक्तपुर प्रहरी स्राेतले जनाएकाे छ। यस घटना बारे थप अनुसन्धानका लागि प्रहरी परिचालन गरिएकाे भक्तपुर प्रहरी स्राेतले जानकारी दिएकाे छ।