नेकपाको स्थायी समिति बैठकले एमसीसी परिमार्जनसहित अनुमोदन गर्ने निर्णय

काठमाडौं,भदौ २६। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई संशोधन र परिमार्जन सहित अनुमोदन गर्ने निर्णय गरेको छ।

 

  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कुन- कुन विषयमा संशोधन गर्ने भन्नेबारे झलनाथ खनाल नेतृत्वको कार्यदलको सुझाव अनुसार गर्ने भनेको छ।