काठमाडौंको कागेश्वरी नगरपालिकामा एकाबिहानै बिष्फोट एक महिला घाईते

काठमाडौं,भदौ २७। काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकाको मानेटरामा आज बिहानै ग्यास बिष्फोट भएको छ । उक्त बिष्फोटमा परी एक महिला घाईते भएको महानगरीय प्रहरी बृत्त बौद्धले जनाएको छ ।

 

उक्त विष्फोटमा परी स्थानीय मीरा ओझा घाइते भएको उनलाई उपचारको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।

 

ग्यास लिक भएर विष्फोटबाट भान्साकोठा क्षतविक्षत भएको प्रहरीले जनाएको छ ।  थप जानकारी आउन बाकीँ रहेकाे प्रहरीले जनाएकाे छ।