आजको मौसम पूर्वानुमान : यी प्रदेशहरूमा वर्षाको सम्भावना

काठमाडौं,भदौ२७। जल तथा मौसम विज्ञान विभाग र मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिण तर्फ अवस्थित छ। साथै पश्चिम बंगाल नजिक न्युन चापिय क्षेत्रको पनि विकास भएको छ।

 

 

त्यस्तै हाल देशभर आँशिक देखि सामान्य बदली रही प्रदेश १, बागमाती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

भाद्र २७ गते (शनिबार)

दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र प्रदेश २ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

 

राती: देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भाद्र २८ गते (आईतबार)

दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश र प्रदेश ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भाद्र २९ गते (सोमबार)

दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक- दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती स् देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश , प्रदेश ५ र कर्णाली एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।