नेपालमा थप १२०१ जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामा ४३१ जनामा संक्रमण,कुन जिल्लामा कति थपिए संक्रमित 

काठमाडौं,भदौ २७ । नेपालमा थप १२०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार १७६ नमुना परीक्षण गर्दा १२०१ संक्रमण पुष्टि भएको हो।

काठमाडाै उपत्यकामा ४३१ जनामा संक्रमण पुष्टि भएको नियमित प्रेस व्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार आज काठमाडौँमा ३७७ जना ,ललितपुरमा ३७ र भक्तपुरमा १७ जनामा संक्रमण पुष्टि भएको छ ।

 

यो सँगै कुल संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ । उनीहरुमध्ये ३३६ जनाको मृत्यु भएको छ भने ३७ हजार ५२४ जना संक्रमित मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ८५२ जना डिस्चार्ज भएका छन् ।

कुन जिल्लामा कति थपिए संक्रमित 

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका ४३१ जनामा संक्रमण पुष्टि भएको छ, जसमध्ये काठमाडौंका ३७७, ललितपुरका ३७ र भक्तपुरकमा १७ जना छन् ।

यस्तै मकवानपुरका १०७ जना, चितवनका ९२, सर्लाहीका ८३, रुपन्देहीका ८१, मोरङका ५८, नवलपुरका ५१, कास्कीका ३५, बाँकेका ३२, दाङका २४, कपिलवस्तुका २२, बर्दिया र सुर्खेतका १८/१८ जना, बाराका १५, सुनसरीका १४, पर्सा र सप्तरीका १०/१० जना र पाल्पाका ९ जना ,महोत्तरी र रोल्पाका ८/८ जना, सिराहा, रामेछाप र स्याङ्जाका ७/७ जना, गोरखाका ६ जना, रौतहट, दैलेख र कैलालीका ४/४ जना, बाग्लुङ, अर्घाखाँची र नवलपरासीका ३/३, काभ्रे, रुकुम पूर्व र डडेलधुराका २/२ तथा इलाम, उदयपुर, ओखलढुंगा, झापा, धनुषा, दोलखा, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, तनहुँ, लमजुङ र प्युठानका १/१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।