नेपाली सेनाका दुई सैनिकको करेन्ट लागेर मृत्यु

चितवन,भदौ २७ ।नेपाली सेनाका दुईजना सैनिकको बिहान १०ः५५ बजे करेन्ट लागेर मृत्यु भएको हाे । कालिका नगरपालिका–८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत दुईजना सैनिकको आज विहान मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार गण परिसरमा रहेको रूखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सुवेदार राजुबाबु श्रेष्ठ र सिपाई साजन कुमालको मृत्यु भएको उनले बताए।
सुवेदार श्रेष्ठको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा र कुमालको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएकाे छ।