सिन्धुपाल्चाेककाे घुम्थाङ नागपुजेमा पहिरोले १८ घर पुरियो, घरका सबै बेपत्ता

सिन्धुपाल्चोक, भदौ २८गते । सिन्धुपाल्चोक जिल्लाको बारबिसे नगरपालिकाको घुम्थाङ नागपुजेमा पहिरो जाँदा १२ बेपत्ता भएका छन् ।

 

  राती २ बजेर ४६ मिनेटमा भीषण पहिरोले बाह्बिसे नगरपालिका ७ घुम्थाङको १८ घर बगाएको छ । उक्त घरका सबै बेपत्ता भएका छन् ।

 

अरनीको राजमार्गको बसेरीबाट एक घन्टाको दुरीमा पुगिने उक्त स्थानमा गएको पहिरोमा परी २० जना भन्दा बढी बेपत्ता भएकाे अनुमान गरिएकाे छ ।  

 

भीरखर्कका १० र नाग पुच्छेका ८ घर र किम्बे गाउँ पहिरोले बगाएको इलाका प्रहरी कार्यालय बाह्बिसे प्रहरीले जानकारी दिनुको छ ।

 

ठाडो खहरे खोलाको बाढीसँगै पहिरो गएको स्थानीयले बताएका छन् । घटनास्थलमा प्रहरी जाँदै छ । स्थानीय खोजी कार्यमा जुटेका छन् ।थप बिवरण आउन बाँकी छ ।