नेपालमा थप १०३९ जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामा थप ५९७ जनामा संक्रमित,कुन जिल्लामा कति थपिए संक्रमित 

 काठमाडौं,भदौ, २८ । नेपालमा  थप १०३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।देशभरको प्रयोगशालामा ९ हजार १६५ नमुना परीक्षण गर्दा ३६५ महिला र ६७४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।यससँगै कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ ।

 

उनीहरुमध्ये ३४५ जनाको मृत्यु भएको छ भने ३८ हजार ६९७ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ११७३ जना डिस्चार्ज भएका छन् ।

 

देशभरमा १५ हजार ११७ संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुन जिल्लामा कति थपिए संक्रमित 

काठमाडौं उपत्यकामा मात्र ५९७ जनामा संक्रमित थपिएका छन्। काठमाडौंका ४८३ जना, भक्तपुरका ८१ जना र ललितपुरका ३३ जना छन् ।  

 

यस्तै मोरङका ७१ जना, बर्दियाका ६१, धादिङका ३४, रुपन्देहीका ३१, चितवन र लमजुङका २७/२७ जना, सर्लाही २२, नवलपुरका २०, बाँकेका १७, धनुषा र कञ्चनपुर १४/१४ जना तथा नुवाकोटका ९ जना ,नवलपरासीका ८ जना, कास्की, गोरखा, तनहुँ, सुर्खेत र कैलालीका ७/७ जना, स्याङ्जाका ५ जना, पर्सा, बारा र कपिलवस्तुका ४/४ जना, सुनसरी, महोत्तरी, सिराहा र डडेलधुराका ३/३ जना, खोटाङ, सप्तरी, रामेछाप, गुल्मी, प्युठान, जुम्ला र अछामका २/२ जना तथा उदयपुर, झापा, रौतहट, काभ्रे, सिन्धुपाल्चोक, दाङ, पाल्पा, दैलेख र रुकुम पश्चिमका १/१ जनामा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।