जुम्लामा रहेका डा.गोविन्द केसीको चेतावनी : बरु मर्न तयार छु, सत्याग्रह रोकिदैनस्

काठमाडौं,भदौ २८।जुम्लामा रहेका डा. गोविन्द केसीले आफ्नो सत्याग्रह सरकारको जस्तोसुकै दमनले पनि रोक्न नसक्ने बताएका छन्।

 

  चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. केसीले भने,‘जुम्ला पुगेदेखि सरकारले दमन गरिरहेको छ। सत्याग्रह हुन नदिने षडयन्त्र गरिरहेको छ। तर म मर्न तयार हुुनेछु जनताको स्वास्थ्य क्षेत्रलाई धरासयी हुन नदिने चेतावनी दिएका छन्।

 

दुई महिनादेखि कर्णालीमा रहेका डा.केसीले भने सत्याग्रह गरेर छाड्छु दलालहरूले राेकेर म राेकिने वाला छैन। कर्णालीका दुरदराजमा पुगेर जनतालाई स्वास्थ्य सेवा दिने,स्वास्थ्यकर्मीलाई हौसला,उत्प्रेरण दिँदै आफ्नो चिकित्सकीय अनुभव साट्ने कार्यमा कर्णालीका जनतालाइ साथ दिइरहेका छन्।

 

जिल्लाको सिँजा क्षेत्रबाट सदरमुकाम खलंगा फर्केका डा.केसीले सरकारी दमनले कुनै पनि बेला सत्याग्रह बस्ने हिम्मत  आफुलाइ दिइरहेको प्रतिक्रिया दिएका छन्।

 

स्वास्थ्य क्षेत्र सुधारका लागि गरिने सत्याग्रहलाई कुनै पनि शक्तिले तुहाउन नसक्ने उनले चेतावनी दिएका छन् । मेरो सत्याग्रह कसैले तोडेर तोडिदैन। प्रधानमन्त्री ओली नै सत्याग्रह तुहाउन जुम्ला आइपुगेपनि सत्याग्रह नरोकिने उनले बताए।

डा.केसीले भने,‘सरकारले मानिसक रुपमा तनाव दिएर, प्रहरी प्रशासनल लगाएर जनताको हकअधिकार कुण्ठित गर्न खोज्दैछ। त्याे सम्भव छैन।

जनताले निर्वाचित गरेर पठाएका प्रतिनिधि नै जनतालाई शोषण गरिरहेका छन्। उनीहरुलाई सत्याग्रहबाट गतिलो जवाफ दिनेछु, डा.केसीले बताए।

 

सत्याग्रह व्यक्तिगत स्वार्थका लागि होइन। जनताको माग संवोधन गर्न ज्यान समर्पण गरिएको छ। जनताको आवाज कसैले रोकेर रोकिदैन।

आफ्ना समर्थक र पत्रकारलाई समेत सरकारले हत्तोसाहित बनाइरहेको आरोप डा.केसीको छ। शिक्षा र स्वास्थ्य जस्तो सेवामुलक संस्थामा ब्यापार गर्न हुन्न, सर्वसाधरण नागरिकले उपचार पाउनुपर्छ।

 

सामान्य नागरिकले स्वास्थ्य शिक्षा पाउने गरि व्यवस्था हुनुपर्छ भन्नेमा मेरो सत्याग्रह हो। डा.केसीले थपे,‘कसैले जे प्रयोग गरुन। जस्तो सुकै दमन गरुन।

 

सत्याग्रह बसेर छाड्छु। जनताको जीत नहुँदासम्म सत्याग्रह जारी नै रहन्छ। सरकारले यसअघि भएका सम्झौता कार्यान्वयन नगर्दासम्म सत्याग्रह रोकिदैन।’

 

जुम्ला आइपुगेपछि पहिले सम्झौता भएका माग संवोधनका लागि तीन पटक अवसर दिए। सरकार हच्किदैन। न माग संबोधनका लागि चासो राखेको छ। नत कुनै बार्ता गर्ने वातावरण तयार गरेको छ।

 

अहिले सम्म पेलेर लैजाने नीति लिइएको छ। यो डन प्रबृत्तिलाई जनताले राम्रो जवाफ फर्काउनेछन्। डा.केसीले केपी ओली सरकार अपराधी, भष्ट्रचारीलाई खुलेआम घुमफिर गर्न दिइरहेको बताउँदै जनताको स्वास्थ्य क्षेत्र सुधार्न थालिएको आन्दोलन दबाउन गरिरहेको कसरत हास्यास्पद भएको बताए।