नेपालमा थप ११७० जनाका कोरोना संक्रमण पुष्टि,उपत्यकामा ५१२ जना संक्रमण,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं,भदौ,२९ । नेपालमा थप ११७० जनाका कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनका अनुसार देशभरको प्रयोगशालामा १० हजार ८७८ नमुना परीक्षण गर्दा ११७० संक्रमण पुष्टि भएको हो ।

 

त्यस्तै काठमाडौं उपत्यकामा ५१२ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ४४० , भक्तपुरमा ४३ र ललितपुरमा २९ कोरोना संक्रमित थपिएका छन् ।

जसअनुसार काठमाडौंमा १४१ महिला र २९९ पुरुष, भक्तपुरमा महिला २८ र १५ पुरुष, ललितपुरमा ११ महिला र १८ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

 

याे सँगै कुल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । उनीहरुमध्ये २६० जनाको मृत्यु भएको छ भने ३९ हजार ५७६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ८७९ जना डिस्चार्ज भएका छन् ।

हाल देशभर १५ हजार ३९३ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुन जिल्लामा कति थपिए संक्रमित

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ५१२ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ४४०, भक्तपुरका ४३ र ललितपुरका २९ जना छन् ।

यस्तै रुपन्देहीका ८१ जना, कैलालीका ७०, कास्कीका ५४, सुनसरीका ४६, दाङका ४५, सुर्खेतका ३९, सिराहाका ३४, मोरङका ३२, चितवनका ३१, बाँकेका २४, ओखलढुंगाका १९, काभ्रेका १८, तनहुँका १७, मकवानपुरका १४, बाराका १२, गोरखाका १० र पर्साका ९ जना ,धादिङ र डोटीका ८/८ जना, झापा, नवलपरासी, पाल्पा र दैलेखका ७/७ जना, अछामका ५ जना, धनुषा र कपिलवस्तुका ६/६ जना, लमजुङका ४ जना, नुवाकोट, कञ्चनपुर र बझाङका ३/३ जना, उदपयुर, भोजपुर, सप्तरी, सर्लाही, नवलपुर, बाग्लुङ, स्याङ्जा, गुल्मी, रोल्पा, जाजरकोट र सल्यानका २/२ जना र महोत्तरी, दोलखा, रामेछाप, सिन्धुली, अर्घाखाँची, कालीकोट र डडेलधुराका १/१ जनामा पनि संक्रमण देखिएको छ ।