समयमै मल नल्याउने दुवै कम्पनीलाई कालो सूचीमा राख्न कृषि सामाग्री कम्पनी लिमिटेडको सिफारिस
काठमाडौं,भदौ २९। कृषि सामाग्री कम्पनी लिमिटेडले समयमै मल आपूर्ति नगर्ने शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपललाई कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको छ।
तोकिएको समयमा मल नल्याए पछि कृषिमन्त्री भुसालले यसअघि दुवै कम्पनीको धरौटी जफत गर्ने निर्णय गरेका थिए।
अर्को हुमनाथ कोइरालाको कम्पनी होनिकोले पनि २५ हजार मेट्रिक टन मल आयातको ठेक्का पाएको थियो। यस वर्ष साउनसम्म मल ल्याउने समय तोकिएकामा दुवै कम्पनीले ल्याउन सकेका थिएनन्।
कृषि सामग्रीका एक अधिकारीका अनुसार दुवै कम्पनीका विरुद्धमा खरिद कार्याललाई पत्राचार गरिएको छ। कृषि मन्त्री घनश्याम भुसालको निर्देशनमा कालो सूचिमा राख्ने सिफारिस गर्ने निर्णय भएको ती अधिकारीले जानकारी दिए।
कृषि सामाग्रीका प्रबन्ध संचालक नेत्रबहादुर भण्डारीले सोमबार खरिद कार्यालयलाई लेखेको पत्रमा दुवै कम्पनीले सम्झौताअनुसार मल आपूर्ति गर्न नसकेकाले सार्वजनिक खरिद ऐन बमोजिम कालोसूचीमा राखी कारवाही गर्नुपर्ने भएकाले पत्राचार गरिएको भनिएको छ।
शैलुङ इन्टरप्राइजेज सत्तारूढ नेकपाका एउटा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का घरबेटी शारदा अधिकारीको कम्पनी हो। शैलुडले २५ हजार मेट्रिक टन मल आयात गर्ने ठेक्का लिएको थियो। यो कम्पनीले सरकारले म्याद थप गर्दा समेत समयमा मल ल्याउन सकेको छैन।