काठमाडौंमा कुन ठाउँ कतिलाई संक्रमण : उपत्यकामा मात्रै १२,२४८ जनामा संक्रमण

काठमाडौं,भदौ ३० । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या १२ हजार २ सय ४८ पुगेको छ । सोमबार उपत्यकामा थप ५ सय १२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२ हजार २ सय ४८ पुगेको हो ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा ४ सय ४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ जनामा कोरोना संक्रमण देखिएको छ ।

 

हालसम्म काठमाडौंमा १० हजार २६, ललितपुरमा १ हजार १ सय ९० र भक्तपुरमा १ हजार ३१ जना संक्रमित पुगेका छन् । काठमाडौंको महाराजगन्ज क्षेत्रमा ३ सय ३८, नक्साल क्षेत्रमा १ सय ३१ संक्रमित पुगेका छन् ।

 

यस्तै, धुम्बाराही क्षेत्रमा १ सय ७४, चावहिल क्षेत्रमा १ सय ६०, जयवागेश्वरी, गौशाला क्षेत्रमा १ सय १६ संक्रमित थपिएका छन् ।

 

यस्तै, पुरानो बानेश्वर–बत्तिसपुतली क्षेत्रमा १ सय २२, बुद्धनगर–बानेश्वर हाइट क्षेत्रमा १ सय २८, बबरमहल–त्रिपुरेश्वर क्षेत्रमा २ सय ८० जनामा संक्रमण देखिएको छ ।

 

काठमाडौं महानगरपालिकाका अनुसार कलंकी–रविभवन क्षेत्रमा २ सय ४४, स्वयम्भू क्षेत्रमा ४ सय ७७, वनस्थली–बालाजु क्षेत्रमा ३ सय ८७, सामाखुसी–म्हैपी क्षेत्रमा १ सय ५६ जनामा संक्रमण देखिएको छ ।

 

भोटाहिटी–असन क्षेत्रमा २ सय ५९, नयाँ बानेश्वर–मीनभवन क्षेत्रमा १ सय १८, बागबजार–भृकुटीमण्डप क्षेत्रमा २ सय ३१ र सिनामंगल–कोटेश्वर चोक क्षेत्रतर्फ २ सय ९४ जनामा संक्रमण देखिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

 

संक्रमितमध्ये काठमाडौंका ३८ जनाको मृत्यु भएको छ । यस्तै, काठमाडौंका १ हजार ४ सय ७० जना डिस्चार्ज भएका छन् । संक्रमितको सम्पर्कमा आएका ११ हजार ८ सय ६ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ ।

 

सोमबार देशभर १ हजार १ सय ७० जना नयाँ संक्रमित थपिएका छन् । योसँगै देशभर संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको छ । सोमबार ८ सय ७९ जना डिस्चार्ज भएका छन् ।

 

देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ३९ हजार ५ सय ७६ जना पुगेको छ । हालसम्म कुल संक्रमितमध्ये ३ सय ६० जनाको मृत्यु भएको छ ।

 

देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ३ सय ९३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ८ सय ९२ जना क्वारेन्टिनमा बसेका छन् । हालसम्म आरटी–पीसीआर प्रविधिबाट ८ लाख ५१ हजार ४ सय ५ पटक कोरोना परीक्षण गरिएको छ ।

 

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमित सबैको उपचार नगर्ने भएको छ । सरकारले कोरोना संक्रमित विपन्न नागरिकको मात्र उपचार गर्ने तयारी थालेको छ ।

 

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा आइतबार बसेको मन्त्रालयअन्तर्गतको इन्सिडेन्ट कमान्ड सेन्टरको बैठकले सो निर्णय मन्त्रिपरिषद्समक्ष पु(याएको हो ।राजधानी दैनिकबाट,