होटल, रेष्टुरेन्ट र ट्राभल एजेन्सी भाेलिदेखि खुल्ने

काठमाडौँ,भदौ ३१ । सरकारले असोज १ गतेदेखि होटल, रेष्टुरेन्ट तथा ट्राभल एजेन्सीहरु सञ्चालन गर्न दिने निर्णय गरेको छ । गत चैत ११ गतेदेखि बन्द रहेका थिए ।

 

 सोमबार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले असोज १ देखि होटल, रेष्टुरेन्ट तथा ट्राभल एजेन्सीहरु खोल्न पाइने निर्णय भएको जानकारी दिनुभएको छ ।

 

यी व्यवसाय सञ्चालन गर्दा कोरोनाको सुरक्षा सम्वन्धी मापदण्ड पालना अनिवार्य गर्नुपर्नेछ। सरकारले स्वास्थ्य र सुरक्षासम्बन्धी मापदण्डको पूर्णरुपमा पालना गरी सङ्क्रमणको जोखिमको विश्लेषण गरेर आवश्यकता र औचित्यका आधारमा अनुमति दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

त्यस्तै जिमखाना, सिनेमा घर, चिडियाखाना, शैलुन, स्पाजस्ता व्यवसाय भने तत्काल सञ्चालन गर्न नपाइने ज्ञवालीले बताउनु भयो।