हामी माफिया र बेरोजगारी ?

 

 

लाखौं खर्च गरेर प्राप्त गरेका केही थान प्रमाणपत्र सिरानी बनाएर सुत्नु पर्दाको पिडा कुनै आगोको राप भन्दा कम छैन। आफ्नो स्नातकोत्तरको प्रमाणपत्र धितो राखेर एउटा निजी बिद्यालयमा रोजगारी सुरु गर्ने एउटा शिक्षक दैनिकी गुजार्न अनि अध्ययन गर्दा लागेको रिण चुक्ता गर्न नसकेर फासिको साहरा लिरहेका छ्न्, भने त्यै बिद्यालयमा जो अभिभावकहरु आफ्नो छोराछोरीलाइ हामी जस्तै शिक्षक,डाक्टर,इन्जिनियर बनाउन चाहन्छ्न बिडम्बना भन्नू पर्छ शुल्क नै बुजाउन नसकेर मृत्युबरण गरिरहेका छ्न।

 

सम्पुर्ण निजी क्षेत्र जस्तै:निजी बिद्यालयमा,उद्योग -कलकारखानामा,मेडिकल फिल्डमा,इन्जिनियरिङ फिल्डमा र सुपरमार्केट इत्यादिमा काम गर्ने अब्बल जनशक्तिको बिजोग देख्दा साच्चै उदेग लाग्नु स्वभाबिक नै हो किनकी यहाँ मासिक १५००० मा हजारौ नर्शहरु निजी अस्पतालमा काम गरिरहेछ्न भने हजारौ इन्जिनियरहरु मासिक २०००० मा कन्सल्टेन्सिमा काम गरिरहेका छ्न।

 

बेरोजगारीको कारण अहिलेको समयमा कोरोना बनेर भित्रिए पनि नेपालको सन्दर्भमा शैक्षिक क्षेत्रमा देखापरेको बेरोजगारी यो कोरोना भन्दा कयौं गुणा ठूलो महामारी हो।आमाबुबाको बर्शौ देखिको सपना ,लगानी अनि आफ्नो मेहनतले पढेर क्यै बन्छु भनेर निस्किएका जनशक्तिहरुको यति बेला मनोबल गिरेको छ।

 

जागिर नपाएकाको त कुरा छोडौ पाउनेले पनि दैनिकी चल्ने ज्यालादरी सम्मको तलब पनि पाएका छैनन। हामीलाई पनि धनी बाउको अशिक्षित छोराछोरीले जस्तै महङो लुगा,स्तरीय भनिने खाना,मोबाइल ,गाडि आदिको सपना नभएको कहाँ हो र?अफसोच पढेलेखेका भनिने हरुनै हामिहरुको भाग्यनिर्माता बनेर जो हामिलाइ रोजगारदाता बनिदिन्छ्न अनि दैनिक १२ घन्टा काम लगाएर १२००० तिर्न हिच्किचाउछ्न।

 

यसरी हेर्दा अशिक्षित रोजगारदाता त शिक्षित रोजगार बिचको यो खाडल सानो छैन जुन सजिलै भरियोस,धेरै पहिले देखि जरो गाडेर बसेका माफियाहरुको एउटा जत्था छ, जो आफ्नो  पृष्ठभूमी बिर्सिएर लाखौ नेपाल आमाका सन्तानमाथी बज्रपात गराइरहेछ्न्।नितिनियम बनाउने देखि निजी सस्थाका माफियाहरुको जालो हेर्दा घाम जस्तै प्रष्ट छ, तर यस्को प्रतिबाद गर्न कोही चहादैनन यो  चङगुल  विरुद्ध जति लागेपनी सरकार र माफियाबिचको सुमधुर सम्बन्ध भत्काउन सक्दैनन। अनि गरिब जनताका छाेराछाेरी माफियाकाे चङगुलबाट कहिले पनि बाहिर निस्किन पाउँदैन्न याे ठुलाे बिडम्बना रहेकाे छ।