पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी खुल्यो

 चितवन,असोज,१ । नारायणगढ मुग्लिन सडकमा पहिरो खसेर सडक अवरुद्ध गरेपछि बन्द भएको थियाे। आज बिहीबार सवा ११ बजेदेखि खुलेको छ।

 

इच्छाकामना गाउँपालिका ६ स्थिति चारकिलो भन्ने ठाउँमा बिहीबार विहान ४ः३० बजे पहिरो खसेर सडक अबरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएकाे छ।

 

पहिरो पन्छाएपछि विहान ११ बजेदेखि सडक दुईतर्फी नै खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको हाे ।

 

सो स्थानमा दिनहुँजसो पहिरो खसेर घण्टौं सडक अवरुद्ध हुँदै आएको छ । यसअघि बुधबार पनि चारकिलो र पाँचकिलोमा पहिरो खसेर सडक अबरुद्ध भएको ट्राफिक प्रहरीले जनाएकाे छ। 

 

आजदेखी लामो तथा मध्यम दुरीका सार्वजनिक यातायात खुलेसँगै सडकमा सवारी साधनकाे चाप बढेकाे छ।आज विहनान ४ ३० बजे सडक अवरुद्ध हुँदा धेरै सवारी साधन जाममा परेकाे ट्राफिक प्रहरीले जनाएकाे छ। ती सवारी साधान अहिले गन्तव्यतर्फ पठाएकाे प्रहरीले जनाएकाे छ।