नेपालमा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामा थप ६१८ जना संक्रमित,कुन जिल्लामा कति थपिए संक्रमित 

 काठमाडौं,असोज ​१। नेपालमा थप १२४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ६४१ नमुना परीक्षण गर्दा ४२८ महिला र ८१८ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

 

याे सँगै कुल संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ । उनीहरुमध्ये ३८३ जनाको मृत्यु भएको छ भने ४२ हजार ९४९ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १२४३ जना डिस्चार्ज भएका छन् ।

 

१६ हजार २४१ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १८२ जनाको आईसीयू र ३९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

कुन जिल्लामा कति थपिए संक्रमित  

काठमाडौं उपत्यकामा ६१८ जना संक्रमित थपिएका छन्। काठमाडौंका ५०७, ललितपुरका ६० र भक्तपुरका ५० जनामा छन् ।

 

यस्तै चितवनका १०१ जना, मोरङका ९४, मकवानपुरका ६३, सुनसरीका ५४, अछामका २२, प्युठान, बाँके र कैलालीका २१/२१ जना, पर्साका १९, डोटीका १७, धनुषा, कास्की, नवलपरासी १६/१६ जना, नवलपुरका १५, बर्दियाका १३, झापा, सर्लाही र सिराहाका ११/११ जना, बारा र दैलेखका १०/१० जनामा ,सप्तरीका ९ जना, कञ्चनपुरका ८, रौतहटका ७, महोत्तरी, सिन्धुपाल्चोक र बाग्लुङका ४/४ जना, दोलखा, गोरखा र रुपन्देहीका ३/३ जना, काभ्रे, धादिङ र तनहुँका २/२ जना तथा उदयपुर, खोटाङ, धनकुटा, नुवाकोट, रामेछाप, लमजुङ, स्याङ्जा, कपिलवस्तु, गुल्मी, दाङ, पाल्पा, जाजरकोट, सुर्खेत, बझाङ र बैतडीका १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । सोखलुम्बु, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा संक्रिय संक्रमित शून्य छन् ।