आज मिति २०७७ साल असोज २ गते शुक्रबार भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष – आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

 

मिथुन – लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् ।

 

सिंह –अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

 

तुला –आज आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । आफनतले काममा सहयोग गर्नेछन् । कसैकसैका लागि सन्तान प्राप्तिको योगपनि छ ।

 

धनु-हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ ।

 

कुम्भ – रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । स्वास्थ्य सबल रहनेछ ।

 

वृष- आज रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ ।

 

 

कर्कट – धार्मिकरसांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको काम सम्पादन हुनसक्छ । प्रतिस्पर्धामा सफलता मिल्न सक्छ ।

 

कन्या – सामान हराउने वा चोरी हुने सम्भावना छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइन सक्छ र दैनिक काममा अवरोधको सामना गर्नुपर्छ ।

 

वृश्चिक – शुभकार्यको चर्चा चल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।

 

मकर – आफन्त संग मनमुटाव बढ्ला । स्वास्थमा समस्या देखापर्न सक्छ अतस् सचेत रहनु होला । मानसिक चिन्ता र आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

 

मीन-आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।