असोज ३ गते कालो दिन !

किनकि महान् दश वर्षेे जनयुद्ध र २०६२ / २०६३ को १९ दिने ऐतिहासिक जनआन्दोलनको माग , मर्म र भावनाविपरीत तत्कालीन नेपाली काँग्रेस , नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) र राष्ट्रिय प्रजातन्त्र पार्टी मिलेर २०७२ साल असोज ३ गते प्रतिगामी तथा पश्चगामी कालो संविधान जारी गरेका थिए ।
महान् नेपाली नयाँ जनवादी क्रान्तिलाई अलमल्याउने र निश्तेज पार्ने योजना , षड्यन्त्र र उद्श्येका साथ साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरु ( ” र” र सिआईए ) ग्राण्डडिजाइनमा उक्त प्रतिगामी र पश्चगामी कालो संविधान नेपालका आफ्ना दलालहरुद्वारा जारी गर्न लगाइएको थियोे ।
ओलीआज वर्तमान केपी ओली नेतृत्वको दलाल सरकारले त्यही उद्श्ये पुरा गर्ने योजना र षड्यन्त्र अनुरुप महान् नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद हुदै वैज्ञानिक साम्यवादसम्म पुग्ने महान् तथा कठिन कार्यहरुलई अगाडि बढाउदै ऐतिहासिक जिम्मेवारी बहन गरिरहेका नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) , विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लगायत ११ दलीय क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले सञ्चालन गर्दै आएका हरेक गतिविधिहरुमा रोग लगाउने , प्रहरी हस्तक्षेप गर्ने जस्ता तानाशाही तथा फासीवादी कदमहरु अगाडि बढाएको देखिएको छ ।
विप्लव नेतृत्वको नेकपामाथि त २०७५ साल चैत २८ गतेदेखि प्रतिबन्ध नै लगाएर त्यस पार्टीका सैयौ नेता , कार्यकर्ताहरुलाई गैर कानुनी ढंगले धरपकड र गिरफ्तार गर्ने , गैर कानुन ढंगले थुनछेक गर्ने , जेल सजाय गर्ने , पुलिस कस्टडीहरुमा भौतिक तथा मानसिक यातना दिएर मानवअधिकारको घोर उलङ्घन गर्ने , अदालतले रिहा गर्ने फैसला जारी भइसके पछि अदालत परिसरबाटै पुनः गिरफ्तार गर्ने र अनावश्यक रुपमा जेल सरुवा गर्ने निहुँमा दु: ख दिने जस्ता तानाशाही तथा फासीवादी रवैया अविलम्वन गर्दै आफ्नै संविधानको उपहास गरिरहेको छ र अनावश्यक रुपमा मानसिक यातना दिने गरेको देखिएको छ
हाम्रो संगठन नेपाल सरकारको यस प्रकारको तानाशाही तथा फासीवादी हर्कतहरुको घोर विरोध तथा भ्रत्सहाना प्रकट गर्दछ ।
हाम्रो संगठन ओली नेतृत्वको फासीवादी सरकार लगायत सबै खाले प्रजातन्त्र र मानवअधिकारको आवरणभित्र गरिने सबै प्रकारका तानाशाही तथा फासीवादी एवं मानवअधिकार विरोधी क्रियाकलापहरुको घोर विरोध र भ्रत्सहाना गर्दछ ।
मिति : १९ सेप्टेम्बर २०२०
( हस्तबहादुर केसी )
अध्यक्ष
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र
काठमाडौं , नेपाल