क्रान्तिकारी माओवादीले ‘एमसीसी पास भए नेपाल युद्धभूमिमा परिणत हुने, अनुमोदन होइन खारेज गरौं

काठमाडौं,असोज ३ ।नेकपा (क्रान्तिकारी माओवादी)ले एमसीसीकाे विराेध गर्दै प्रेस वक्तव्य जारी गरेकाे छ।  एमसीसी संझौता हिन्द–प्रशान्त क्षेत्रमा आफ्नो हैकम विस्तार गर्न र प्रमुख प्रतिस्पर्धी चीनलाई घेराहाल्न अमेरिकी साम्राज्यवादले तयार पारेको हिन्द–प्रशान्त सैन्य रणनीतिको एउटा अभिन्न अङ्ग भएको स्पष्ट पार्दै नेकपा (क्रान्तिकारी माओवादी)ले यो सम्झौता पारित भएर लागु भएको खण्डमा देशको राष्ट्रिय स्वाधीनता गुम्ने र नेपाल अमेरिका तथा चीनका बीचको युद्धभूमि बन्न जाने चेतावनी दिएको छ । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ले शनिबार ३ गते असोज, २०७७ मा एक प्रेस वक्तव्य जारी गर्दै यस्तो चेतावनी दिनुभएको हो ।

 

वक्तव्यमा भनिएको छ, “हाम्रो पार्टी, सम्पूर्ण देशभक्त नेपाली जनता र सरकारी पार्टीका देशभक्तहरुले समेत चर्को विरोध गरेका कारण एमसीसी संझौतालाई संसदबाट अनुमोदन गराउनका लागि सरकारले संसदको गत अधिवेशनमा निर्णयार्थ पेश गर्न सकेन ।

फेरि अहिले अमेरिकी दलालहरुले राष्ट्रिय हित विपरीत रहेका सबै बुँदाहरु परिमार्जन गराइयो भन्ने बहाना बनाई जनतामा भ्रमको खेती गरेर एमसीसी संझौतालाई संसदको आउने अधिवेशनबाट अनुमोदन गराउन गंभीर षडयन्त्र गरिरहेका छन्।

आउने अधिवेशनमा पनि गत अधिवेशनमा जस्तै देशभक्त सांसदहरुले संझौताको विरोध गर्ने हुन् कि परिमार्जन गरिएको भन्ने नाममा त्यसको अनुमोदन गर्ने हुन् त्यसका लागि भने केही दिन पर्खनु पर्ने छ । देशभक्त नेपाली जनताले सरकारी पार्टीका सांसदहरुको भुमिका विगतमा जस्तै सकारात्मक हुनेछ भन्ने अपेक्षा गरेका छन् ।

 

एमसीसी संसदबाट अनुमोदन होइन खारेज गर्नुपर्नेमा जोड दिंदै वक्तव्यमा भनिएको छ, “ओली सरकारको यस प्रकारको षडयन्त्रकारी रवैयाको हाम्रो पार्टीले घोर विरोध तथा तीव्र भत्र्सना गर्दछ र उक्त राष्ट्रघाती सम्झौतालाई संसदबाट अनुमोदन होइन खारेज गराउन जोडदार माग गर्दछ । देशको राष्ट्रिय स्वाधीनतामाथि गंभीर आँच पु¥याउने र नेपाललाई शक्ति राष्ट्रहरुको युद्धभूमि बनाउने यस संझौताको खारेजीका लागि चारैतिरबाट फेरि पनि आवाज बुलन्द गर्न हाम्रो पार्टी सम्पूर्ण देशभक्त नेपाली जनतालाई हार्दिक आह्वान गर्दछ ।

 

यस्तो छ वक्तव्यको पूर्णपाठ :- 

प्रेस–वक्तव्य
एमसीसी संझौता हिन्द–प्रशान्त क्षेत्रमा आफ्नो हैकम विस्तार गर्न र प्रमुख प्रतिस्पर्धी चीनलाई घेराहाल्न अमेरिकी साम्राज्यवादले तयार पारेको हिन्द–प्रशान्त सैन्य रणनीतिको एउटा अभिन्न अङ्ग हो । यो संझौता पारित भएर लागु भएको खण्डमा देशको राष्ट्रिय स्वाधीनता गुम्ने छ र नेपाल अमेरिका तथा चीनका बीचको युद्धभूमि बन्न जाने छ ।
हाम्रो पार्टी, सम्पूर्ण देशभक्त नेपाली जनता र सरकारी पार्टीका देशभक्तहरुले समेत चर्को विरोध गरेका कारण एमसीसी संझौतालाई संसदबाट अनुमोदन गराउनका लागि सरकारले संसदको गत अधिवेशनमा निर्णयार्थ पेशगर्न सकेन । फेरि अहिले अमेरिकी दलालहरुले राष्ट्रिय हित विपरीत रहेका सबै बुँदाहरु परिमार्जन गराइयो भन्ने बहाना बनाई जनतामा भ्रमको खेती गरेर एमसीसी संझौतालाई संसदको आउने अधिवेशनबाट अनुमोदन गराउन गंभीर षडयन्त्र गरिरहेका छन् । आउने अधिवेशनमा पनि गत अधिवेशनमा जस्तै देशभक्त सांसदहरुले संझौताको विरोध गर्ने हुन् कि परिमार्जन गरिएको भन्ने नाममा त्यसको अनुमोदन गर्ने हुन् त्यसका लागि भने केही दिन पर्खनुपर्ने छ । देशभक्त नेपाली जनताले सरकारी पार्टीका सांसदहरुको भुमिका विगतमा जस्तै सकारात्मक हुनेछ भन्ने अपेक्षा गरेका छन् ।
ओली सरकारको यस प्रकारको षडयन्त्रकारी रवैयाको हाम्रो पार्टीले घोर विरोध तथा तीव्र भत्र्सना गर्दछ र उक्त राष्ट्रघाती सम्झौतालाई संसदबाट अनुमोदन होइन खारेज गराउन जोडदार माग गर्दछ । देशको राष्ट्रिय स्वाधीनतामाथि गंभीर आँच पु¥याउने र नेपाललाई शक्ति राष्ट्रहरुको युद्धभूमि बनाउने यस संझौताको खारेजीका लागि चारैतिरबाट फेरि पनि आवाज बुलन्द गर्न हाम्रो पार्टी सम्पूर्ण देशभक्त नेपाली जनतालाई हार्दिक आह्वान गर्दछ ।
मितिः २०७७ असोज ३ गते

किरण
महासचिव
नेकपा (क्रान्तिकारी माओवादी)