आगामी तीन दिनको मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं,असोज ५। मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।महाशाखाका अनुसार हाल उत्तरपूर्व बंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेको छ साथै मनसुनको न्यून चापीय रेखा पश्चिम तर्फ नेपालमा रहेको छ र पूर्वतर्फ नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ।

महाशाखाले हाल देशभर सामान्य बदली रहेको छ भने प्रदेश १,२ का केहि स्थानहरूमा पूर्ण बदली रहि थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असोज ५ गते (सोमबार)

दिउँसो: देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ साथै प्रदेश नं १, प्रदेश नं २ का केहि स्थानहरुमा हावाहुरिको सम्भावना रहेको छ ।

 

राती :देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ साथै प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केहि स्थानहरुमा हावाहुरिको सम्भावना रहेको छ ।

असोज ६ गते (मंगलबार)

दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ साथै प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केहि स्थानहरुमा हावाहुरिको सम्भावना रहेको छ ।

 

राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केहि स्थानमा भारी वर्षा र प्रदेश नं १ का १/२ स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ साथै प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केहि स्थानहरुमा हावाहुरिको सम्भावना रहेको छ ।

असोज ७ गते (बुधबार)

दिउँसो :देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ साथै प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केहि स्थानहरुमा हावाहुरिको सम्भावना रहेको छ ।

 

राती : देशभर सामान्यतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना र केहि स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, कर्णालि प्रदेश र सुदुर पश्चिम प्रदेशका १र२ स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ साथै प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५, कर्णालि प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा हावाहुरिको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  

प्रदेश १, प्रदेश २, बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।