कोभिड १९ प्रति भ्रम र यथार्थता

यो लेख COVID – 19 ( कोरोना भाइरस ) द्वारा सृजित अन्तर्राष्ट्रिय संकट र समाधानसित अन्तर्सम्बन्धित भएर लेख्ने प्रयत्न गरिएको छ ।
 
(१) कोभिड – १९ को उत्पत्ति :
 
           
यो १० महिना पहिले अर्थात् सन २०१९ को डिसेम्बरमा चीनको वहान शहरमा पहिलोपटक देखा पर्यो । त्यसैले चीनको वुहान शहरलाई नै कोभिड – को उत्पन्न स्थानको रुपमा लिइन्छ । र , एउटा एक व्यक्तिबाट अर्को व्यक्तिमा अत्यन्तै छिटो सर्ने संक्रामक रोगकै रुपमा चीनमा घोषणा गरिएको थियो ।
       
एक व्यक्तिबाट अर्को व्यक्तिमा छिटै संक्रमण नहोस् भनेर कोभिड – १९ को संक्रमण व्यक्ति व्यक्तिमा फैलिन थाल्ने वित्तिकै चीनले वुहान शहरलाई Lockdown ( बन्दाबन्दी गरेर रोग फैलिन नदिन बेलैमा सजक्ता अप्नाएको थियो । जसका कारण चीनभर कोभिड फैलिन पाएन । तैपनि वुहानमा शुरुमै ३१३४ जनाले शुरुमै ज्यान गुमाएका थिए भने करीब ८१ हजार नागरिकहरु संक्रमित भएका थिए ।
     
चिनीया वैज्ञानिकहरु , चिकित्सकहरु र अन्य विज्ञहरुको सुझाव र निश्कर्षका आधारमा ७६ दिनमै रोग  उन्मूलन भएको ठहर गरेर वुहानमा लगाउदै आएको Lockdown पूर्णरूपमा हटाएको थियोे । त्यस पछि चीनमा कोभिड – १९ अन्य क्षेत्रमा संक्रमित हुन सकेन । धेरै पछि बाहिरबाट चीन प्रवेश गरेका व्यक्तिहरुबाट राजधानी बेइजिङका आसपासमा संक्रमण देखा परेको थियो तर त्यो पनि कुनै मानवीय क्षति हुन नपाउँदै चीनले नियन्त्रणमा लिएको थियो ।
           
विश्व मानव समाजमा कोभिड – १९ जस्तो महामारी संक्रमण र रोग चाहिँ पहिलो भने होइन । य भन्दा पहिले सार्स , मर्स , पोलियो , इबोला , भाइरल इन्फ्लुजा जस्ता रोग र महामारी नआएका होइनन् । विज्ञानले ती सबैको रोगनिरोधक खोप ( vaccine ) पत्ता लगाएर  समाधान भइसकेका छ । यो कोभिड- १९ वैज्ञानिक नाम दिइएको महामारीको पनि एक दिन खोप ( vaccine ) पत्ता लागिछाड्ने छ । र मानवजातिको उध्दारमा महत्त्वपूर्ण सहयोग पुग्नेछ । पर्खन सक्नु पर्छ । वैज्ञानिकहरु चिन्तित भएर खोज अनुसन्धानमा लागि सकेका छन्  ।
 
(२) चीन बाहिर संक्रमण :
 
         
चीन पछि एकदमै छिटोभन्दा छिटो गरी पश्चिम युरोपेली देश इटलीमा कोभिड – १९ अत्यन्तै संक्रामक रुपमा  फैलियो । र त्यसले छोटै अबधिमा ठूलो मानवीय क्षति पुर्यायो । एक प्रकारको हैजाकै प्रकोपसरह भएर फैलियो  कोभिड – १९ इटलीमा ।
     
त्यस पछि युरोपका अन्य मुलुकहरु स्पेन , फ्रान्स , जर्मन , बेलायतमा अत्यन्तै छिटो  छिटो गरी फैलियो । त्यस पछि संयुक्त अधिराज्य , अमेरिकातिर फैलियो भने क्रमशः विश्वका अन्य मुलुकहरु अष्ट्रेलिया , ब्राजिल , एशियाली मुलुक भारत , नेपाल लगायतका देशहरूमा हैजाका किटाणुसरह विश्वभर फैलियो कोभिड – १९ ।
 
(३) यसको संक्रमण फैलावट :
 
         
माथि पनि उल्लेख गरिएको छ , एशियाली विशाल देश चीनको वुहान शहरमा सन २०१९ को डिसेम्बरमा उत्पन्न भई चीन पछि  शुरुमा इटली , स्पेन , फ्रान्स , जर्मनी , बेलायत , अमेरिका , अष्ट्रेलिया , ब्राजिल , भारत , रुस हुदै  दुईवटा पानी जहाजसहित विश्वका २१३  वटा देशहरूमा ठूलो महामारीको रुपमा फैलियो COVID – 19 । र , त्यस पछि यस महामारीले विश्व मानव समुदायमा ठूलो डर , त्रास र आतंक नै फैलियो विश्वस्तरमै ।
 
(४) आजसम्म COVID – 19 ले पुर्याएको क्षति :
 
       
आजका मितिसम्म कोभिडले विश्वभर ठूलो मानवीय क्षति पुर्याइसकेको छ । विश्वभर आजसम्म …………. ।
         
त्यस्तै नेपालमा पनि आजसम्म कोभिड – १९ को संक्रमणबाट   …………… ।
       
 माथिको डाटाले स्पष्ट पारिसकेको छ कि सबैभन्दा बढी मानवीय क्षति अमेरिका , ब्राजिल र भारतमा भएको छ । यी देशहरू बाहेक विश्वका अन्य देशहरूमा पनि ठूलो मात्रामा मानवीय क्षति पुगिसकेको छ भने यो भयावहपूर्ण क्षति अरु बढेर जाने सम्भावना कायमै छ । किनभने आजसम्म कोभिड विरुद्धको खोप ( vaccine ) पत्ता लागिसकेको छैन ।
 
(५) कोभिड किन र कसरी फैलियो संसारभर :
 
       
चीनबाट पहिलो नम्बरमा इटलीमा संक्रमित भएर सर्न पुग्यो । इटली सरकारले शुरुमा त्यसलाई खतरनाक तथा संक्रामक रोग हो भनेर  पत्याएन ।
     
चीनले त संक्रामक  रोग भएकोले व्यक्ति व्यक्तिको नजिकको सम्पर्कबाट छिटो  छिटो सर्ने भएकोले तुरुन्तै Lockdown  को विधि पध्दति अप्नाएर वुहान शहर पुरै Lockdown गरेर शहर नै सिल गरेर मानवीय भौतिक तथा सामाजिक दुरी कम्तीमा दुई मिटरको कायम गरेकोले त्यहाँ संक्रमण छिटै रोकियो र मानवीय क्षति कम भयो ।
         
तर इटलीले पहिलो नम्बरमा कोभिड – १९ मानव जातिकै लागि खतर्नाक रोग हो भनेर पत्याएन । दोस्रो नम्बरमा उसले चिनीया पध्दति , Lockdown को पध्दति नअप्नाएका कारणले इटली छोटै अबधिमा ठूलो मानवीय क्षति व्यहोर्न बाध्य भयो ।
       
त्यस पछि स्पेन , फ्रान्स लगायतका युरोपका अन्य देशहरूमा पनि इटलीकै जस्तै समस्या दोहोरियो । र , ठूलो मानवीय क्षति हुन गयो ।
           
यसै क्रममा आगोको मुस्लो सरी भएर अमेरिकामाफफैलियो कोभिड – संक्रमण । जसले गर्दा आजसम्म आइपुग्दा अमेरिका नै संसारमै सबैभन्दा बढी मानवीय क्षति व्यहोर्नुपर्ने देश बन्यो ।
       
अमेरिकाले पनि शुरुमा यसलाई पत्याएन । उल्टै चीनले आफ्नो विरुद्ध मानव निर्मित बनाएर पठाएको भनेर आरोप लगायो । विश्व जनस्वास्थ्य संगठन ( WHO ) चीनको मदमलाई सही ठहर गरेको र Lockdown प्रारम्भिक र संक्रमण रोक्न पहिलो विधि भएको बताइरहदा अमेरिका उल्टै WHO को विरुद्ध मात्र गएन , WHO लाई आर्थिक नाकाबन्दी लगाउने घ‍ोषना गर्न  पुग्यो । यो उसको चीनप्रति पूर्वाग्रह मात्रै थियो ।
       
यसका अतिरिक्त अमेरिकाले समयमै WHO ले निर्धारण गरेका स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड पालना नगरेकै कारण ठूलो मानवीय क्षति व्यहोर्नुपर्ने अवस्थामा पुग्यो 
यसै सिलसिलामा बेलायत , ब्राजिल , भारत , रुस लगायतका देशहरूमा तीव्रगतिले संक्रमण फैलियो र हजारौंको ज्यान लियो । लाखौं जना संक्रमित हुन पुगे ।
       
यी देशहरूमा पनि शुरुदेखि यसप्रति गंभीर भएर WHO र चिकित्सकहरु , अन्य विज्ञहरूको सुझाव र जनस्वास्थ्य मापदण्ड नअप्नाएकै यिनी देशहरूले कोभिड – १९ को महामारीबाट ठूलो क्षति पुर्ति  व्यहोर्नुपर्ने अवस्थामा पुगेका हुन  । 
 
(६) जनचेतनाको अभाव : 
 
       
जनचेतनाको अभावले पनि संक्रमण फैलिने वातावरण बन्यो । WHO र चिकित्सकहरु , जनस्वास्थ्य विज्ञहरुले दिएका सुझावहरु मापदण्ड अपनाउने , सरसफाइ र भौतिक दुरी कायम गर्नेे सवालमा  लापरबाही गरिने गरेको कारणले पनि संक्रमण बढ्ने गरेको पाइएको छ ।
     
यसका साथै जनस्तरबाट नटेर्ने , मापदण्डहरु उलंघन गर्ने र पुलिसले संझाउनु पर्ने , पुलिसले कार्वाही गर्नुपर्ने जस्ता कार्यले गर्दा पनि संक्रमण बढेको पाइएको छ ।
 
(७) जनताका समस्याहरुका कारण : 
 
               
Lockdown संक्रमणबाट बच्ने पहिलो उपाय हो । तर जनताले जनजीवन निर्वाह गर्नका निम्ति , किनमेल , बजार व्यवस्थापन गर्नुपर्ने , साँझ विहानको समस्या टार्नका निम्ति घर बाहिर निस्कनु पर्ने बाध्यताका कारणले गर्दा पनि संक्रमण बढेको पाइएको छ ।
 
(८) नेपालमा संक्रकण बढ्नुका कारण :
 
           
 नेपालमा २०७६ माघ ४ गते चीनबाट  आएका विद्यार्थीमा संक्रमण देखिएको थियोे । तर उनी छिटै मुक्त भए  । फाल्गुनको तेस्रो हप्ता चीनबाट १७५ जना विद्यार्थीहरु ल्याइयो र १४ दिनसम्म भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा राखियो ।  एक जनामा पनि संक्रमण देखिएन ।
       
२०७६ चैतको शुरुतिर फ्रान्सबाट फर्केकी एक जना युवती र बेल्जियमबाट फर्केकी एक जना आमामा कोरोना संक्रमण भेटियो । त्यस पछि दलाल सरकारले निकै आत्तिएको जस्तो गरेर २०७६ चैत १२ गतेदेखि देशव्यापी रुपमा Lockdown गर्यो । र मुलुकको सबै गतिविधिहरु ठप्पै पारियो ।
     
यसैबेला दलाल सरकारले चीनबनट आौषधि खरिद गर्ने मौका मिलाएर करोडौंको भ्रष्टाचार गर्न तिर लाग्यो भने अर्कोतिर भारतमा व्यापक रुपमा संक्रमण फैलिएको देख्दादेख्दै पनि भारतसपतको नाकाहरुमा कडाइ गरेर दुबै देशका बिच आवत जावत बन्द गर्नुपर्नेमा त्यसो नगरेकै कारण भारतबाट नेपाल आउनेहरुबाटै संक्रमण भित्रीयो ।
       
 रोजगारीका लागि भारत प्रवास गरएकाहरु जुन पश्चिम नेपालका विभिन्न नाकाहरुबाट हाम्रा नेपाली मजदुर दाजुभाइ दिदीबहिनीहरु फर्किएकाहरुलाई व्यवस्थित र वैज्ञानिक विनाका क्वारेन्टाइनहरुमा राख्ने गरेकोले पनि संक्रमण फैलियो ।
     
कतिपय जनचेतनाको अभाव र लापरबाही जनता स्तरबाटै गलती भएको र जीवन चलाउन कै लागि जनता घर बाहिर जानै पर्ने बाध्यताले पनि संक्रमण फैलियो ।
       
दलाल सरकारले मनलागी कडा बन्दाबन्दी गर्ने कार्यहरुले राजधानी उपत्यका लगायत अन्य जिल्ला र स्थानहरुमा घरीघरी आवतजावत गर्ने वातावरण बनाएकै कारण संक्रमण बढ्यो । अर्थात् सरकारको गैर जिम्मेवार रवैयाका कारण पनि संक्रमण बढ्यो । र आजसम्म पनि तीव्र गतिले संक्रमण फैलिरहेको छ । विश्वका अन्य देशहरूमा यही प्रकारका समस्याहरु र त्रुटीहरु रहन गए , जो संक्रमणको श्रोत बन्यो ।
 
(९) दलाल तथा रमिते सरकार :
 
     
यो निश्चित कुरा हो कि पुँजीवादी संसदीय व्यवस्थाहरुमा दलालहरु सत्ता सञ्चालन गर्ने तहमा पुगेका हुन्छन् । विश्वका सबै पुँजीवादी संसदीय व्यवस्था भएका जस्तै : अमेरिकी मुलुकहरु , युरोपेली देशहरु , एशियाली देशहरु , अफ्रिकी देशहरु जहाँ जहाँ पुँजीवादी  संसदीय व्यवस्थाहरु सञ्चालनमा छन् तीी देशहरुमा सरकारकै गलत रवैयाका कारण तीव्र गतिले संक्रमण फैलियो र ठूलो मानवीय क्षति हुन पुगेको पाइएको छ।
 
     
दलाल सरकारहरु जनताप्रति उत्तरदायी हुदैनन् र समस्या परेको बेला पन्छिएर समस्या जति जनतामाथि थुपार्ने कार्य गर्दछन् । उनीहरूले जनतालाई माया नगर्ने भएकोले जनताको सुरक्षा गर्ने कुरा पनि आउदैन । यहाँ त्यही भएर जनताले ठूलो मानवीय क्षति व्यहोर्नुपरेको हो  । नेपाल पनि यही सरकारी रवैयाले गर्दा धेरै ठूलो संख्यामा जनताको ज्यान गइरहेको छ ।
 
(१०) भ्रष्टाचारलाई मलजल गरियो : 
 
         
यो कुरा साँचो हो  कि सबैखाले पुँजीवादी शासकहरु जनपक्षीय कम भ्रष्टाचारी बढी हुन्छन् । सत्तामा पुगेको बेला पुँजीवादी दलालहरु सत्ताको दुरुपयोग गरेर यस्तै जनतालाई अप्ठ्यारो परेको बेला अर्को चोरबाटोबाट छिरेर सत्ताको साधन श्रोत कब्जा गर्ने , राष्ट्रिय सम्पत्तिमा लुट मच्चाउने गर्दछन् । नेपाल लगायत विश्वभरका देशहरूमा यस्तै प्रकारका तरिका अप्नाएर कोरोना कहर समाधान गर्ने तिर भन्दा पनि कोभिडलाई  निहुँ कनाएर सम्पतिमाथि कब्जा जमाएर लागे । जनताका समस्या हल गर्नतिर नभएर सम्पत्ति आर्जन गर्ने माध्यम बनाए कोरोनालाई बुर्जुवाहरुले ।
       
नेपालमा त यता देशभित्र पुरै बन्दाबन्दी लगाए भने उता चीनबाट आौषधि खरिदमा ओम्नी नामको नक्कली कम्पनी खडा गरेर करीब ४१ करोडको भ्रष्टाचार गरेको कतैबाट लुकेको छैन । नेपाली सेनालाई त्यही स्तरको ठेक्का दिइयो चीनबाट आौषधि खरिदका लागि सेनाले पनि भ्रष्टाचार गर्न चुकेन ।
         
मजदुरहरुलाई , निमुखाहरुलाई राहत वितरणका नाममा पनि सत्ताधारीहरुले देशव्यापी रुपमा भ्रष्टाचार गरेको तथ्य जनतासितै छ । 
         
नेपालका भ्रष्ट शासकहरु र विश्वकै बुर्जुवा पुँजीवादी एवं संसदीय शासकहरुलई मागिखाने भाँडो बनाएको तथ्य पनि छिपेको छैन ।
         
जनताहरु भोकभोकै मरे । आौषधि मुलो नपाएर मरे । तर  सत्ताधारी वर्गलाई भने दशै – तिहार नै आयो ।यस्तो किन भयो भने दलालहरुले जनतालाई माया गर्दैनन् । जनतालाई अप्ठ्यारो परेको बेला रमिते बन्दछन् । यो तथ्य अहिले सावित भएको छ ।
 
(११) कोभिड – १९ प्रति भ्रम र यथार्थता :
 
   
 कोभिड – १९ के हो ? के होइन ? यो कुनै रोग नै होइन । सत्ताधारीहरुले आफ्नो स्वार्थपूर्तिका लागि स्वाभाविक रुपले मरेका मान्छेहरुलाई कोरोनाले मरेको भनेर प्रचार गरिएको छ भने अर्कोतिर कोरोना नै सबैथोक हो  भनेर चारैतिर आतंक फैलाउने गरिएको छ । सर्वसाधारणलाई त्रसित र आतंकित लुल्याउने काम भइरहेको छ भनेर दुबै तर्फ अतिवाद फैलाएको पाइन्छ । यस विषयमा स्पष्ट हुन जरुरी छ ।
       
कोभिड १९ ( कोरोना भाइरस ) विज्ञानसित सम्बन्धित विषय हो । कोभिड – १९ स्वास्थ्य विज्ञानसित सम्बन्धित विषय हो  । कोभिड – १९ आौषधि विज्ञानसित सम्बन्धित विषय हो । यो त्यत्तिकै हचुवाक‍ो भरमा बोल्ने विषय होइन । यो टपर्टुयाँ ज्ञानका भरमा बोल्ने विषय होइन । यो अन्दाजको भरमा , संकाको भरमा बोल्ने विषय होइन ।
         
हामी माक्र्सवादी हौ । हामीले हरेक घटना परिघटनाहरुलाई माक्र्सवादी द्न्द्ववादका आधारमा हेर्ने , बुझ्ने , अध्ययन – अनुसन्धान र विश्लेषण गर्ने र संश्लेषण गर्ने गर्नु पर्दछ । विज्ञान विरोधी कुरा गर्नु एउटा त विज्ञानप्रतिको अज्ञानता हो भने  अर्को पक्ष वितण्डावादी वा जाली झेलीहरुको कुरा हो । त्यसो भएर नै हो कमरेड माओले भन्नुभएको छ , ” विना अनुसन्धान बोल्न कसैलाई अधिकार छैन ” 
         
अझै अगाडि बढेर के भन्न सकिन्छ भने हामी माक्र्सवाद – लेनिनवाद – माओवादलाई आफ्नो पथप्रदर्शक सिध्दान्त मान्दछौ । मालेमावाद विश्व सर्वहारा वर्षको पथप्रदर्शक सिध्दान्त र उसको विश्वदृष्टिकोण पनि हो।
 
त्यसैले हामीले हरेक घटना परिघटनाहरुलाई मालेमावादी विश्वदृष्टिकोणका आधारमा हेर्नु पर्दछ । त्यस पछि मात्र आफ्नना धारणाहरु प्रस्तुत गर्नुपर्ने हुन्छ । बुर्जुवाहरुले भने जस्तो गरी , बोले जस्तो गरी विनाआधारमै हचुवाको भरमा , हावाधारी कुरा गर्नु हुदैन
 
         
माक्र्सवादी द्वन्द्ववादको के मान्यता छ भने हरेक घटना घटित हुनुमा निश्चित वैज्ञानिक कारण विद्यमान हुन्छ । र विनाकारण कुनै घटना घटित हुन सक्तैनन् । यो नै विज्ञानिक तथ्य हो । 
           
त्यसो भएर चीनको वुहानबाट उत्पन्न भएको कोभिड – १९ ( कोरोना भाइरस ) विनाकारण उत्पन्न भएको होइन । यसका पछाडि निश्चित वैज्ञानिक कारण रहेका छन् । 
           
कोभिड  – १९ चीनको वुहानबाट पैदा हुनुको मुख्य कारण पुँजीवाद हो । यो विकृत पुँजीवादकै गर्भबाट यसको जन्म भएको हो । अर्थात् पुँजीवादी कर्पोरेट सिस्टमका कारण यसको जन्म भएको ।
       
यस विषयमा हामीले बहस नगर्नु नै बेश हुन्छ । किनभने आज संसारभरका वैज्ञानिकहरु कोभिड – १९ कुन प्रकारको भाइरस हो र यसको खोप ( vaccine ) के हुनेे भन्ने बारेमा व्यापक खोज अनुसन्धान भइरहेको छ ।
 
विश्वभरकै डाक्टरहरु र त्यस क्षेत्रका विज्ञ र अनुभवीहरुले पनि बढो चिन्ताका साथ खोज अनुसन्धान मै व्यस्त छन् । आजसम्म यसको खोप पत्ता लागि सकेको छैन । रुसले खोप परिक्षण भइरहेको छ र सफल भइरहेको कुरा बताइरहेको छ । तर WHO ले भने मान्यता दिएको अवस्था छैन । अमेरिका लगायतका देशहरूले पनि यसको खोप पत्ता लगाउन प्रयास गरिरहेका छन् । यो अझै खोजको गर्भ भित्रैै छ । यो पत्ता लागि छाड्ने छ । किनकि विज्ञानमा निर्विकल्प भन्ने कुनै चिज छैन ।
 
(१२) समस्या समाधानमा पुँजीवाद असफल : 
 
             
कोभिड – १९ ( कोरोना भाइरस ) द्वारा सृजित समस्याहरु समाधान गर्न साम्राज्यवादमा गरिरसकेको विश्व पुँजीवाद असफल भइसकेको छ । यसको मुख्य कारण पुँजीवादी संसदीय व्यवस्थामा सत्ता सञ्चालन गर्नका लागि दलालहरु , नोकरशाहहरु पुगेका हुन्छन् । 
         
दलालहरु देशर र जनताप्रति उत्तरदायी र जिम्मेवार हुदैनन् । उनीहरू गैर जिम्मेवार र नालायक हुन्छन् । त्यसैले उनीहरुले जनतालाई माया र सहयोग गर्दैनन् । उनीहरूले पैसा बाहेक अरु वरीपरी , यताउता केही पनि हेरेका हुदैनन् । दलालहरुले पैसा पाए भने जन्म दिने आमालाई पनि बेच्न सक्छन् ।
           
किनभने दलालहरुक‍ो सरकारलाई दलालहरुले , विचौलियाहरुले , माफियाहरुले , काला बजारियाहरुले , मुनाफाखोरहरुले , तस्कर र भ्रष्टाचारीहरुले , हत्यारा र बलत्कारीहरुले र अनैतिकहरुले चलाएका हुन्छन् । उनीहरूले जनताको पक्षमा काम गर्न दिदैनन् दलाल सरकारलाई । 
   
यिनै कारणहरुले गर्दा पुँजीवादी दलाल सरकारले नैतिकता गुमनई सकेको हुन्छ । त्यसो भएर उसले चाहेर पनि गर्न सक्ने अवस्थामा हुदैन दलाल सरकार । यसै कारणले कोभिड – १९ द्वारा सृजित समस्याहरु समाधान गर्न पुँजीवाद असफल भएको छ ।
 
(१३) कोभिड – १९ द्वारा सृजित समस्या समाधानमा एक मात्र विकल्प वैज्ञानिक समाजवाद :
 
 
(१४)  पुँजीवादी दलाल सत्ताहरुले कोभिड – १९ को आतंक मच्चाएर कहिले कडा Lockdown लगाउने त कहिले कर्फ्यु लगाउने र जनतालाई  सानो घेरा भित्र कैद गर्ने आफ्नो स्वार्थपूर्ति पुरा गर्न हर प्रयत्न र उपाय लगाउने निश्चित छ । यसबाट जनता सचेत हुन जरुरी छ । किनभने पुँजीवादी शासकहरु जनतालाई ठूलो समस्यामा परेको बेला अप्ठ्यारोमा पारेर निरह तुल्याउने हो । किनभने दलालहरु इमानदार हुदैनन् ।
 
क्रान्तिकारीहरु भने ज‍गिन आवश्यक हुनेछ । पुँजीवादी भनेका व्यापारी हुन । जनतालाई यस्तै मौका छोपेर ठक्न सक्छन् । यो उनीहरूको खानदानी पेशा मानिन्छ । विश्व जनसमुदाय सचेत रहन जरुरी हुन्छ ।
 
(१५ ) दोस्रो विश्वयुध्द पछिको सबैभन्दा ठूलो मानवीय क्षति : 
           
दोस्रो विश्व युधदमा सबैभन्दा बढी मानवीय क्षति भएको थियोे । उक्त दोस्रो विश्व युध्दको अबधिमा करी तीन करोड मानिसहरु मारिएको रेकर्ड छ । 
           
त्यस पछि यता विश्वस्तरमा ठूलो संख्यामा त्यति ठूलो संख्यामा मानवीय क्षति भएको थिएन । सार्स, पोलियो, भाइरल इन्फ्लुएञ्जा आदि रोगले विश्ववमा ठूलो संख्यामा मानिसहरुले ज्यान गुमाएका थिए । 
       
दोस्रो विश्व युध्दपछि  कोभिड – १९ को कहरबाट ठूलो मानवीय क्षति पुग्न गएको छ र यो अवस्था पछिसम्म अरु बढ्ने निश्चित छ । यो क्षतिले विश्वमा ठूलो संकट पैदा गरेको छ ।
 
(१६) अन्तर्राष्ट्रिय संकट र समाधान : 
 
           
कोभिड – १९ द्वारा सृजित समस्याले मानवीय क्षति मात्र भएको छैन । यसले आर्थिक क्षेत्रमा पनि ठूलो क्षति व्यहोर्नुपरेको छ । लामो समयसम्म बन्दाबन्दीका अवस्था र अन्य कारणले विश्वस्तरमा कल कार्खाना बन्द हुनु , बन्द व्यवसाय र बजार बन्द हुन पुग्नु , स्कुल , कलेजहरु बन्द हुन पुग्नु , यातायात लामो समयसम्म बन्द हुन पुग्नु , आदि कारणले पनि आर्थिक संकट पैदा गरेको छ ।
 
       
अर्कोतिर विश्वस्तरमै ठूलो संख्यामा मजदुरहरुको कटौती हुनु , उनीहरूले रोजगारी गुमाउँदै जानु  र मालिकहरुले रोजगारी उपलब्ध गराउन नसक्ने अवस्थामा पुग्नुले विश्वस्तरमै विद्रोह जन्माउने निश्चित छ । यसले ठूलो राजनीतिक संकट पैदा गर्नेछ । 
         
 
यस प्रकारका संकट समाधान गर्न पुँजीवाद असफल भइसकेको छ र भविष्यमा पनि नसक्ने भए पछि
यसको समाधान वैज्ञानिक समाजवादको विकल्प छैन । यस प्रकारको संकटले वैज्ञानिक समाजवादी विश्व क्रान्तिको बाटो फराकिलो बनाउने निश्चित छ । त्यसो भएर विश्व मानव समुदाय वैज्ञानिक समाजवादी क्रान्ति प्राप्तिको बाटोमा लामबध्द हुनुको विकल्प छैन । किनभने यो संकट विश्व समाजवादी क्रान्तिको पूर्वबेला बनेर महान् अवसर र कठिन चुनौती बोकेर आउँदै छ । अब विश्व सर्वहारा वर्गले आफ्नो तयारी गर्नुको विकल्प छैन  ।
 
( लेखक : अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् )