एमसीसी,राष्ट्रियता,जनतन्त्र र जनजीविकाका सम्बन्धमा पाँच विद्यार्थी संगठनले गरे देजमोका अध्यक्ष सीपी गजुरेलसँग छलफल

काठमाडाैं,असाेज ५। नेकपा क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी) काे केन्द्रीय कार्यलय बागवजारमा पाँच विद्यार्थी संगठनले एम.सी.सी,राष्ट्रियता,जनतन्त्र र जनजीविकाका सम्बन्धमा छलफल गरेका छन्।

 

त्यस्तै पाँच विद्यार्थी संगठनले देशभक्त जनगणतान्त्रिक माेर्चा नेपालका अध्यक्ष सी.पी गजुरेल सँग आज (असाेज ५ )  मा भेटघाट तथा छलफल कार्यक्रम सम्पन गरेका छन्।  

नेता गजुरेलसँगकाे भेटमा विद्यार्थी सँगठनले अब पनि सरकारले एमसीसी पास गर्न खाेजे त्यस विरूद्ध पाँच वटै विद्यार्थी संगठन एक भएर र आवश्यक परे आम विद्यार्थीलाइ सँगै लिएर सडक आन्दाेलनमा जाने सम्मकाे छलफल भएकाे अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेलले बताउनु भयाे ।  

 

भेटमा अखिल(क्रान्तिकारी)का अध्यक्क्ष हरिकृष्ण गजुरेल, अखिल (क्रान्तिकारी ) अध्यक्ष चिरञ्जीवी ढकाल, अखिल क्रान्तिकारीका अध्यक्ष आलाेक रायमाझी ,अखिल छठाै का अध्यक्ष विमल पाेखरेल, अखिल पाचौंका अध्यक्ष धनस्याम मिश्र र अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष शीलु न्याैपाने समेतकाे उपस्थिति रहेकाे अध्यक्ष गजुरेलले बताउनु भयाे।