नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामा थप ६४७ जना संक्रमित,कुन जिल्लामा कति थपिए संक्रमित  

काठमाडौं,असोज ६ । नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार ११ हजार १५४ जनाको पीसीआर परीक्षण गर्दा १३५६ जनामा संक्रमण देखिएको हो ।

 

  नेपालमा कुल कोरोना संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ । सक्रिय संक्रमितको संख्या भने १८ हजार १ सय ४२ रहेको छ । कोरोना भाइरस संक्रमण निको भएर पछिल्लो २४ घण्टामा ८२३ जना डिस्चार्ज भएका छन् । यससँगै कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल सं‌ख्या ४८ हजार ०६१ रहेको छ ।

थप २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । डल्लु, काठमाडौंका ५० वर्षीय पुरुषको ग्राण्डी अस्पतालमा सोमबार मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएर २७ भदौमा अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको २८ गते पुष्टि भएको थियो । उनी उच्च रक्तचाप र मधुमेहका विरामी थिए ।

 

यस्तै पनौती, कांभ्रेकी ५० वर्षीया महिलाको सोमबार धुलिखेल अस्पतालमा मृत्यु भएको छ । २८ गते अस्पथाल भर्ना भएकी उनी पेटको क्यान्सरबाट पीडित थिइन् । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२९ पुगेको छ ।

कुन जिल्लामा कति थपिए संक्रमित  

 काठमाडौं उपत्यकामा मात्र ६४७ जना संक्रमित भेटिएका छन् । काठमाडौंमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ जना संक्रमित भेटिएका छन् ।

सुनसरीमा ७७ जना, रुपन्देहीमा ७४ जना, बाँकेमा ५८ जना, मोरङमा ५७ जना, सुर्खेतमा ४४ जना, सिराहामा ३३ जना, काभ्रेमा ३० जना, बर्दियामा २७ जना, तनहुँ र रुकुम पूर्वमा २५/२५ जना ,चितवनमा २२ जना, झापामा २० जना, कपिलवस्तु र दाङमा १९/१९ जना, बाग्लुङमा १६ जना, बारा, कास्की र रोल्पामा १५/१५ जना, धनुषा र पर्सामा ११/११ जना,रामेछापमा ९ जना, सप्तरी, मकवानपुर, नवलपरासी, पाल्पा र प्युठानमा ८/८ जना, लमजुङमा ६ जना, संखुवासभा, रौतहट, दोलखा र स्याङ्जामा ४/४ जना, धादिङ र पर्वतमा ३/३ जना, भोजपुर, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, अर्घाखाँची र गुल्मीमा २/२ जना, उदयपुर, तेह्रथुम, धनकुटा, सर्लाही, नुवाकोट, दैलेख र कञ्चनपुरमा १/१ जना संक्रमित भेटिएका छन् ।