ललितपुरमा कोरोना संक्रमित थप दुईजना मृत्यु

सांकेतिक तस्विर

काठमाडौं,असोज ७ । ललितपुरमा कोरोना भाइरसका कारण थप दुईजना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ।

 

८० वर्षीय पुरुष भदौ ६ गते उपचारका लागि मेघा अस्पतालमा भर्ना भएका थिए भने ७४ वर्षीय पुरुष भदौ १७ गते अल्का अस्पतालमा भर्ना भएका थिए ।

 

ललितपुर घर भएका एकजना ८० वर्षीय पुरुषको मंगलबार र अर्का ७४ वर्षीय पुरुषको बुधबार मृत्यु भएको स्वास्थ्य कार्यालय, ललितपुरले जनाएको छ ।