फेरि आज सुनचाँदीको मूल्यमा गिरावट: कतिमा कारोवार हुँदै छ ?

काठमाडौं,असोज ७ । नेपाली बजारमा सुनको मूल्य बुधवार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा रू.१ हजार २०० घटेको हो । मूल्य घटेसँगै प्रतितोला सुनकाे मुल्य ९४ हजार ३०० र तेजाबी सुन रू.९३ हजार ८०० मा कारोबार भइरहेको छ ।

 

मंगलवार पनि सुनको मूल्यमा रू.१ हजार ७०० घटकोे थियो । मंगलवार भने प्रतितोला फाइन गोल्ड रू.९५ हजार ५०० र तेजावी सुन प्रतितोला रू.९५ हजारमा कारोबार भएका थियो ।

 

मंगलवार तथा बुधवारसमेत गरी सुनको मूल्य प्रतितोला रू. २ हजार ९०० घटीसकेको छ ।आइतवार सुुनको मूल्य केहि स्थिर रहेता पनि सोमवार भने तोलामा रू.२०० बढेको थियो ।

 

बुधवार चाँदीको मूल्य पनि रू.४० घटेर प्रतितोला रू. १ हजार १९० मा कारोबार भइरहेको छ ।

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यम गिरावट आइरहेको गिरावट आइरहेकाले त्यसको प्रत्यक्ष असर नेपालमा परेको सुनचाँदी व्यवसायीहरुले बताएका छन् ।