नेपालमा थप ११७२ जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामा थप ६३७ संक्रमित,कुन जिल्लामा कति थपिए संक्रमित 

काठमाडौं,असोज ७ । नेपालमा थप ११७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ९४५९ नमुना परीक्षण गर्दा ११७२ जनामा संक्रमण पुष्टि भएको हो ।

 

याे सँगै कुल संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ । उनीहरुमध्ये ४३६ जनाको मृत्यु भएको छ भने ४९ हजार ९५४ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र १८९३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुन जिल्लामा कति थपिए संक्रमित 

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ६३७ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ४९२, भक्तपुरका ९५ र ललितपुरका ५० जना छन् ।

 

यस्तै रुपन्देहीका ६७ जना, सुर्खेतका ४९, मोरङका ४४, सुनसरीका ३७, बाँकेका ३०, गुल्मीका २८, कास्की र अछामका २२/२२ जना, सर्लाहीका २१, बर्दियाका १९, डोटीका १७, मकवानपुरका १६, धादिङ र कैलालीका १४/१४ जना, सप्तरीका १२, सिराहाका ११, काभ्रे र नवलपुरका १०/१० जना तथा झापाका ९ जना,तनहुँ र कपिलवस्तुका ६/६ जना, गोरखा, जमजुङ, स्याङ्जा र नवलपरासीका ५/५ जना, बाराका ४, धनुषा र कञ्चनपुरका ३/३ जना, पाँचथर, रौतहट, नुवाकोट, बाग्लुङ, दाङ, दार्चुला र बैतडीका २/२ जना तथा उदयपुर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, महोत्तरी, चितवन, पर्वत, म्याग्दी र बझाङका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।