पहिरोमा एकै घरका नौ जना भित्रै पुरिए,एकको मृत्यु, एकको जिवितै उद्धार

सांकेतिक तस्वीर

स्याङ्जा, असोज ८।  स्याङ्जामा अबिरल बर्षाका कारण घर भित्रै नौ जना पुरिएका छन् । वालिङ नगरपालिका वडा नम्वर १४ स्थित माया परियारको घर पहिरोले पुरिदा ९ जना घर भित्रै रहेकाे स्थानीयले जनाएका छन्।

आज बिहान घर माथिबाट गएको पहिरोले घर पुरेको स्थानीयले जानकारी दिएका छन् ।

१० जनाको परिवार रहेकोमा एक जनालाई जीवितै उद्धार गरी उपचारका लागि लगिएको छ भने एक जना महिलाको शव बाहिर निकालिएको हो । घर माथिबाट पहिरो झरिरहेकाले उद्धारमा कठिनाई भएको प्रहरीले जनाएकाे छ। 

 

अझै घर भित्रै ८ जना रहेको र दुई जनाको टाउको देखिएको उद्धारमा खटिएका स्थानीयले जनाएका छन्। प्रहरी र स्थानीयबासी मिलेर उद्धार गर्ने काम भईरहेको प्रहरीले जनाएको छ ।